Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निराशा चिर्न नसकेको एक वर्ष

काठमाडौं । संसदका दुई ठूला दल मिल्दा जनताले आशा गरेका थिए अब अस्थिरताको अन्त्यसँगै मुलुकले सुशासनको प्रत्याभूति गर्न पाउँछ । तर सरकारले एक वर्ष पुरा गर्दा त्यो आशाले सार्थकता पाउन सकेको छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नेपाली कांग्रेस र एमालेको संयुक्त गठबन्धन सरकार बनेको सोमबार एक वर्ष पूरा भएको छ । संसदमा दुई ठूला दल कांग्रेस र एमालेबीच २०८१ साल असार १७ गते मध्यरातमा सात बुँदे सहमति भएसँगै ओली गत वर्षको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकार गठन अघि दुई दलबीच भएको सहमतिअनुसार संविधान संशोधन, सुशासन र स्थायित्वलाई प्राथमिकताका साथ उठाइएको थियो । तर सरकार गठनको एक वर्ष पूरा हुँदासमेत संविधान संशोधनका लागि कार्यदल समेत नबनेको भन्दै सत्तारूढ दलभित्रै असन्तुष्टि बढ्दै गएको छ । यस्तै, सरकार प्रतिवद्धता पूरा गर्न असफल भएको भन्दै तीव्र आलोचना हुँदै आएको छ । सात बुँदे सहमतिमा दुई दलले संविधान संशोधनलाई मुख्य राजनीतिक एजेन्डा बनाएका थिए । तर एक वर्ष बितिसक्दा पनि संविधान संशोधनको सवालमा सरकार तथा सत्तारुढ दलले कार्यदलसमेत बनाउन सकेका छैनन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल