Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निरिह भयो राष्ट्रिय अनुसन्धान विभाग

काठमाडौं । नाउको दुई तिहाई सरकारले सिंहदरबारमा चलाएको आतंकबाट सिंगो प्रशासनिक क्षेत्र त्राहीमाम छ । राष्ट्रिय संवेदनशीलता, सार्वभौम अखण्डतामाथि प्रहार गर्दै मान्नेको आत्मस्वाभिमानलाई लत्याएर चलेको दुई तिहाइको राजमा राष्ट्रिय अनुसन्धान विभाग पेलिनसम्म पेलिएको छ । प्रधानमन्त्री बालेन्द्रको धतुरे टिमका आइटी इञ्जिनियहरूलाई जागिर दिलाउने नाममा विभागको इतिहास र गरिमामाथि प्रहार गरिँदैछ । एमाले अध्यक्षको नाममा केपी ओलीले जसरी त्यसको मर्यादाको ख्याल गरेनन् विभागले दिएको सूचना रद्दीको टोकरीमा फाल्दाको परिणाम जेनजी आन्दोलनका नाममा भएको कत्लेआम हो । नेपाली सेना समेत हात बाँधेर बस्दा त्यो बेला भएको उपद्रोले देश खरानी भएको सत्य जीवित छ । तर अहिले प्रधानम्न्त्री बालेन्द्र शाह आफ्नो समूहका ३ सय आइटी इञ्जिनियर आफ्नै अधिनमा भर्ति गर्न राष्ट्रिय अनुसन्धान विभागमाथि खनिएका छन् । प्रचलित ऐन कानुनको चासो छैन । त्यो विभागलाई समय अनुकुल बनाउन प्रधानमत्रीसँग नयाँ योजना छैन । कहिले गृहमा धकेलेको छ, कहिले प्रम कार्यालयमा च्यापेको छ । विभाग प्रमुखलाई सहसचिवस्तरमा कर्मचारीसँग जोडिएको छ । संस्थागत सुधार, तालिम प्राप्त जनशक्तिको सदुपयोग गर्नु छैन । विभागले दिएको सूचनालाई वास्ता गरिएको छैन । यस्तो संवेदनशील शक्ति आइटीका विद्यार्थीलाई जागिर दिन भएका दरबन्दी काट्ने स्याल हुइँया मच्चाउँदै सरकार गिर्ने बाटो खोज्दैछ । जनताले जान्नेलाई छानेको देश उडाउन होइन । प्रधानमन्त्री बालेन्द्र शाहका सौखीन शैलीले दलीय मर्यादा, विधिको शासन गुम्दैछ । त्यो बेला रास्वपाको अस्तित्व रहन्छ रहँदैन शंका छ । अनुसन्धन विभागलाई समय अनुकुल बनाउने काम राज्यको हो । त्यसको मर्यादा तर राज्य छाडा तन्त्र होइन । विषय विज्ञतालाई वाइपास गर्ने पदीय मर्यादाको ख्याल नगर्ने कानुन सम्वत निर्णय गर्न नसक्ने, संवाद, संसदीय गरिमा, विधिको शासन लत्याउनको लागि रास्वपाको दुई तिहाई गलत ढंगले प्रयोग हुन कठिन छ । किनकि रास्वपाको निर्णण गर्ने टिमबाट वर्तमान सत्ता संचालित छैन । प्रम बालेन्द्रको टिमभित्रका मन्त्रीहरूलाई सत्ताबाट बाहिरिएको दिनबाट जनताका अगाडि ठाडो शिर गर्न कठिन छ । यहाँ बालेन्द्र पनि पर्छन् । किनकि अत्याचारले सीमा नाघेको छ । शसस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग जस्ता संस्था विधि, प्रक्रिया र कानुनको पालनामा चल्ने संस्था हुन् । आज यी तीनवटै संस्थालाई अल्गोरिदमले पंगु मात्र होइन निरिह बनाएको छ । आफ्नो अपराध ढाकछोप गर्ने जनताको हितमा काम नगर्ने दुइृ तिहाई जरुरी छैन । सके राम्रो गर, नसके संस्थाहरू नबिगार । आफ्नो स्वार्थमा राज्य चलाउन अहंकार देखाउन पर्दैन । कति र कस्ता निर्णय अदालतले रोक्यो ? प्रमलाई ख्याल छ कि छैन ? प्रम बालेन्द्रको देशभक्ति भोटेकोशीमा देखियो । जनतालाई सरकारले तडपाएकै छ । प्रमकै दम्बका कारण सुरुङभित्र समयमा उद्धार गर्न नसक्दा कतिको ज्यान गयो ख्याल छ कि छैन ? काम गर्दा गल्ती हुन्छ तर गल्तीको प्रायश्चित गर्ने आँट प्रममा किन भएन ? सहयोगका लागि दातासँग हात फैलाएर जम्मा भएको रकम हेलिकोप्टर खर्चमा सकियो की बाँकी छ ? हलिकोप्टरबाट झरेर खल्तीमा हात राखेर फोटो खिच्ने प्रचार गर्नेले आप्m पदीय हैसियत बुझे की बुझेनन् ? सुरक्षा अंगलाई पंगु बनाएर गएको भाद्र २३ र २४ सम्पन्न गरे जस्तो अब सम्भव छैन । सरकारका गलत क्रियाकलापले जनता आक्रोशित छ ।