Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्णय सच्याउन पौडल पक्षको माग

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनको कार्यतालिका र विभाग गठनको निर्णय तत्काल सच्याउन माग गरेका छन् । शनिवार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई दायाँबायाँ राखेर पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गरेको र उक्त निर्णयले अत्यन्त गम्भीर बनाएको जनाए ।
डेढ वर्ष अघिदेखि आफूहरुले अब पार्टीको चार वर्षको कार्यकाल सकिँदैछ । लामो प्रकृया छ तालिका बनाएर जाउँ । समयबद्ध काम गरेर जाउँ भन्दै आएको बताउँदै वरिष्ठ नेता पौडेलले भने, पार्टीले गरेको निर्णय सम्झाउन चाह्यौं । भ्रातृ संस्थाहरुको विधान अनुसार अधिवेशन नगराएर नेतृत्वको कै हेलचक्रयाइका कारण भातृ संसथाहरुको अधिवेशन रोकिएको थियो । नेविसंघको महाधिवेशनलाई बारम्बार धकेलेर ल्याइयो यस्तो अवस्थामा एउटा सिस्टममा आउँ भन्ने हाम्रो माग थियो ।
असन्तुष्टिका बारेमा संस्थापन पक्षसँग ९ बुँदे एजेन्डा राखेर छलफल भइरहेको बेलामा एकाएक मिति घोषणा गरियो त्यसले पार्टी वैधानिक अवस्था के हो, भन्ने अवस्था बनेको नेता पौडेलको भनाइ थियो ।
विधानमा नभएको ४७ वटा विभाग घोषणा गर्ने निर्णय आएको र यो महासमितिका १२ सय प्रतिनिधिले गरेको निर्णयलाई शुक्रवारको निर्णयले उल्ट्याएको पौडेलको आरोप छ । नेता पौडेलले धेरै मत ल्याएको कारण कम्युनिस्टहरुले मनपरि सत्ता चलाए भनेर विरोध गरिरहँदा सभापति देउवाले पनि त्यस्तै हर्कत गरेको आरोप लगाए ।
पार्टी महामन्त्री शशांक कोइरालाले सभापति शेरबहादुर देउवाको निर्णयले नेपाली कांग्रेस झन् धरापमा परेको बताए । आफूले पार्टीमा गुट उपगुट अन्त्य गरि पार्टीलाई एक बनाउनु पर्छ भन्दै आएको कोइरालाको भनाइ थियो ।
त्यस्तै पार्टी भित्र देखिएका समस्याका बारेमा वार्ता गर्न गठन गरिएको पौडेल पक्षीय वार्ता टोलीका नेता प्रकाशमान सिंहले शुक्रवारको निर्णय प्राजातान्त्रिक पार्टी भित्रको अप्रजातान्त्रिक निर्णय भएको बताए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल