Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्णायक शक्ति भित्रै आन्तरिक कचमच

काठमाण्डौ । सत्ताको निर्णयक बनेको जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेता चैन नहुँदा फरक समूहका नेताहरुको फरक धारणा आईरहेका छन् । राजनीतिक संकट परेको बेला निर्णयक शक्तिको रुपमा देखिएको जसपा भित्र सत्ता समीकरणका लागि मत विभाजित भएपछि एक अर्काप्रति आरोप–प्रत्यारोपको क्रम सुरु भएको छ । यही क्रममा बरिष्ठ नेता राजेन्द्र महतोले अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्ने चेतावनी दिएपछि जसपाकी कार्यकारिणी समिति सदस्य रेणु यादवले पार्टीमा देखिएका समस्या र कठिनाइलाई पार्टीको बैठकबाट समाधान गर्न आग्रह गरेकी छिन् ।

जसपाले अहिलेसम्म जे–जे गरेको छ, ती सबै पार्टीको निर्णयबाट नै गरेको दावी गर्दै उनले भनिन् उहाँहरुले (महन्थ ठाकुर पक्ष) पार्टीको बैठक पनि बसाउन नमान्ने र पार्टीको बहुमतबाट भएको निर्णयलाई विरोध पनि गर्ने यो सुहाउँदो कुरा होइन । ताजानेपालसँग कुरा गर्दै यादवले भनिन् अहिले पनि केही नबिग्रेको र पार्टीमा छलफल गरेर अगाडि बढ्दा हुन्छ । पार्टीका वरिष्ठ नेता जस्तो व्यक्तिले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई कारवाही गर्ने अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण अभिव्यक्ति भएको टिप्पणी गरिन् । यादवले भनिन्, राजेन्द्र महतोले उपेन्द्र यादवलाई कारवाही गर्न सक्नु हुन्न, बरु महन्थ ठाकुर र राजेन्द्र महतोलाई कारवाही गर्नुपर्छ भन्ने हाम्रो माग हो । नेतृ यादवका अनुसार वैशाख २६ गते बसेको पदाधिकारी बैठकले पार्टी तटस्थ बस्ने निर्णय गरेको थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास मतमा मतदान नगर्ने निर्णय गरेको थियो । यद्यपि सांसदले आफ्नो विवेक प्रयोग गर्न सक्ने निर्णय भएको थियो । तर, जसपाका अध्यक्ष ठाकुरले प्रतिनिधिसभाको बैठकमा जसपा नेपालले तटस्थ बस्ने निर्णय गरेको सुनाएका थिए । अध्यक्ष ठाकुरले पार्टीको निर्णय विपरीत बोलेका कारण उनलाई कारवाही हुनुपर्ने रेणुको भनाई छ । मधेसवादी शक्तिहरुमा मुलुक संकटमा पर्दा ठोस निर्णय गरेर समस्याको समाधानमा लाग्ने शक्ति देखिदैन । उनीहरुमाथि दक्षिणको छिमेकीको निर्देशन मान्ने गरेको आरोप लाग्दछ । राष्ट्रिय स्वाभिमान र सार्वभौम अखण्डताको निम्ति देशभक्त शक्तिहरु एक हुनु पर्ने अहिलेको आवस्यकता देखिन्छ ।