Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्देशनमा डेब्यू गर्दै विल्सन

हाँस्य कलाकार विल्सन विक्रम राईले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनले, नायक दयाहाङ राईलाई लिएर नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । मेरो फिल्मसँग कुरा गर्दै विल्सनले फिल्म ‘लाहुर एण्ड दाउरे’ निर्देशन गर्न लागेको घोषणा गरे । यो फिल्मको छायांकन अर्को बर्ष मात्र सुरु हुनेछ । फिल्ममा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् । फिल्ममा आफूले पनि अभिनय गर्ने विल्सनको भनाई छ । उनका अनुसार, नायिकाको चयन केही दिनमै गरिनेछ । यो फिल्मलाई कमेडी तथा लभ स्टोरी कथामा निर्माण गरिनेछ । फिल्मको लोकेशन हेर्नका लागि विल्सन पूर्व पुगेका छन् । विशेषगरि, हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिका निर्वाह गरेपछि विल्सन चर्चामा आएका थिए । यसपछि, उनले केही फिल्म र सिरियलमा काम गरिसकेका छन् । उनले अभिनय गरेको फिल्म ‘हात्तीछाप’ माघको २६ गतेबाट रिलिज हुँदैछ । तक्मे प्रोडक्शनले यो फिल्मको निर्माण गर्ने विल्सनको भनाई छ ।


सम्बन्धित समाचार