Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्माता संघको चेतावनी– सबै फिल्मको प्रदर्शन रोकेर चरणबद्ध आन्दोलन गर्छौ

काठमाडौं । नेपाल चलचित्र निर्माता संघले सबै भाषाका फिल्मको प्रदर्शन रोकेर चरणबद्ध आन्दोलनमा होमिने चेतावनी दिएको छ । महासचिव सुनिल कुमार थापाले जारी गरेको विज्ञप्तीमा नेपाली फिल्मलाई सधै नै प्रदर्शकबाट सौतेनी व्यवहार हुँदै आएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ–‘दिमाग खराबले गरेको निर्णयप्रति ऐक्यवद्धता जनाउँदै यो प्रक्रियाको सिलसिला हिजो देखि कै हो । यस्तो हेपाहा प्रवृत्तीलाई अन्त्य गर्नका लागि अन्तिम लडाई लड्नुपर्ने समय आइसकेको छ । र निर्माता संघले उठाएका मुद्दामा सहमतीमा आउन प्रदर्शकहरुको साझा संगठन नेपाल चलचित्र संघलाई वार्ताका लागि आह्वान गर्दछौं । अन्यथा, नेपाली फिल्म निर्माताको अस्तित्व रक्षार्थ नेपाली र विदेशी लगाएका कुनै पनि भाषाका फिल्महरुको प्रदर्शन गर्न नदिई, कडा रुपमा प्रस्तुत भई चरणबद्ध आन्दोलन अन्तिम लडाइमा होमिने प्रष्ट पार्न चाहन्छौं ।’ सुनिलले जारी गरेको विज्ञप्तीमा नेपाली फिल्मका निर्माता र फिल्मलाई सधै नै प्रदर्शकले स्वार्थ केन्द्रित साधनको रुपमा मात्र लिदै आएको आरोप लगाइएको छ । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दिमाग खराब’का निर्माताले विदेशी फिल्मसँग शो बाँडफाँडमा विभेद गरिएको भन्दै भोलीदेखि हलमा फिल्म नचलाउने निर्णय गरिसकेका छन् । निर्माताले फिल्म रिलिजको पुरा अवधीभर ५० प्रतिशत शेयर र विदेशी फिल्म सरह शोज नपाउने हो भने भोलीदेखि फिल्म रिलिज नगर्ने घोषणा गरेका हुन् ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल