Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्वाचनमा १०८ दल सहभागी हुँदै

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि १ सय ८ राजनीतिक दलले निवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार फागुन २१ को निर्वाचनमा भाग लिनका लागि मंसिर १ गतेदेखि १० गतेसम्ममा १ सय ६ दलले दल दर्ता गराएकामा दल दर्ताका लागि थपिएको ४ दिनमा पहिलो दिन बिहीबार थप २ दल दर्ता भएका हुन् । बुधबार साँझ मात्रै आयोगले निर्वाचन प्रयोजनका लागि ४ दिन म्याद थप गर्ने निर्णय गरेसँगै बिहीबार थप २ दल दर्ता भएका हुन् । बिहीबार थपिने २ दलमा प्रेमकुमार थाम्सुहांग नेतृत्वको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्का नेतृत्वको नेपाल जनसेवा पार्टी रहेका छन् । आयोगका अनुसार पुराना र नयाँ दल गरेर अहिलेसम्म आयोगमा १ सय ३९ दलको दर्ता कायम रहेकोमा १ सय ८ दल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दर्ता भएका आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । अहिलेसम्म दर्ता भएका दलमा आयोगका अनुसार आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा १८ वटा नयाँ दलले पहिलो पटक निर्वाचनमा भाग लिने भएका छन् । आयोगमा अनुसार जेनजी आन्दोलनपछि दर्ता भएका २१ वटा नयाँ दलमध्ये बिहीबार साँझसम्म १८ वटा दलले आगामी निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका हुन् । पहिलो पटक भाग लिन लागेका दलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०देखि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ लगायतका दल रहेका छन् । यस्तै, अगामी फागुन २१ को निर्वाचनमा विभिन्न दल मिलेर एकल निर्वाचन चिन्हमा भाग लिने गरी निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दर्ता गराएका छन् । जसमा कुलमान घिसिङको दल उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले एकल निर्वाचन चिन्हमा निर्वाचनमा भाग लिने गरी आयोगमा निवेदन दिएका छन् । यस्तै, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले पनि एकल निर्वाचन चिन्हमा भाग लिने गरी निवेदन दिएका छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले पनि एकल निर्वाचन चिन्हमा भाग लिने गरी आयोगमा निवेदन दर्ता गराएका छन् । यस्तै, भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि मात्रै २१ वटा नयाँ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । आयोगका अनुसार गत साउनदेखि अहिलेसम्म दल दर्ताका लागि निवेदन पेश गरेकोमा २१ वटा नयाँ दल दर्ता भएका हुन् । दल दर्ताका लागि निवेदन दिएका १६ वटै दल भने दर्ताको प्रक्रियामै रहेका छन् । आगामी फागुन २१ को निर्वाचनमा भाग लिने प्रयोजनका लागि दर्ता गर्ने समय सीमा ४ दिन थपिएकाले अबको ४ दिन भित्र नयाँ दल दर्ता गराउनेले पनि निर्वाचन प्रयोजनका लागि दर्ता गराउन सक्नेछन् । आयोगका अनुसार दर्ताको प्रक्रियामा रहेका दलमध्ये अधिकांशलाई ७७ वटै जिल्लाबाट ५ सय मतदाताको सनाखत गराउन मुस्किल भइरहेको छ ।


सम्बन्धित समाचार

रास्वपाको विधानले बालेनको बाटो छेक्छ ?

२०८२ फाल्गुन २८

ताजा नेपाल

जनतालाई दिए ओलीले धन्यवाद

२०८२ फाल्गुन २८

ताजा नेपाल