Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निर्वाचन अधिकृत कै अपारध

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्वाचन अधिकृतले गरेको अपराधमा रामचन्द्र पौडेल जोडिएका छन् । प्रमुख निर्वाचन अधिकृतको आदेश र निर्देशन नटेर्न कालोकोट लाउने मालपोत धाउने ती अधिकृतको कारण सुनकोशी गाँउपालिका बडा नं ३ का काँग्रेस दंग छन् । उनीहरु छट्पटिदै केन्द्रमा नेताहरुको चाकडीमा आउदा पनि उनीहरुको इच्छा पूरा भएको छैन । आफ्ना मान्छे हारेपछि रामचन्द्र दाईले अधिकृत लुकाए, ती कपनमा बस्छन् कालो कोट लाउँछन तर रामचन्द्रका दाश हुन् । जिल्ला पार्टी सभापति विकास लामासँगको साँठगाँठले भएको यो रमाईलो प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता महादेव यादवको हैसियत भने अब देखिन्छ । किनकी उनले खटाएका मान्छेले यसरी गुटको राजनीतिलाई महत्व दिन्छन् भन्ने कुनै पनि काँग्रेसले चिताएका थिएनन् । तर त्यहाँ जहाँ विवाद छ त्यो ठाँउ काँग्रेसको किल्ला हो मात्र विवाद पौडेल पक्षकी बस्नेत भन्ने मात्र हो । केन्द्रीय सदस्य मोहन बस्नेतलाई पेल्दै रामचन्द्रले गुड्डी हाँक्ने ठाँउ छैन । अब मोहनले चाहे भने वडामा मात्र होइन जिल्लामा रोकिएको अधिवेशन हुन्छ । तर ताँदो रोकियो कहाँ शंका छ । किनकी काँग्रेस भित्र अहिले शक्ति बाँडफाँडको लडाँइ पनि छ ।


सम्बन्धित समाचार