Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निशालाई बचाउन सबै प्रयास बिफल

काठमाडौँ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे घिमिरेको निधन भएको नर्भिक अस्पतालले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन भएकोमा दुस्ख व्यक्त गरेका छन् । दुर्घटनामा घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरेपश्चात् अस्पतालले निःशुल्क उपचारको जिम्मेवारी लिएको थियो ।