Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अभिनेत्री निशा अधिकारीले श्रीमान् तथा क्रिकेटर शरद भेषवाकरविरुद्ध काठमाडौं जिल्ला अदालतमा अंशबन्डाको मुद्धा हालेपछि उनीहरुको सम्बन्ध संकटमा परेको देखिएको छ । यद्यपि, उनले सम्बन्धविक्षेदको मुद्धा हालेकी छैनन् । नाबालक छोरा युवान समेतलाई अंश भाग लगाउन माग गर्दै उनले हालेको मुद्धामा अदालतले शरदको सम्पत्तिको वितरण देखाउन आदेश दिएको छ ।
शरदविरुद्ध अंशबन्डा मुद्धा हालेको विषयमा विभिन्न टिकाटिप्पणी हुन थालेपछि निशाले सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै शरद, छोरा र आफूहरुबीच अथाह माया र सम्मान रहेको उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘म न लुकाउने पक्षमा छु न सम्झाउने पक्षमा । यो हाम्रो निजी मामला हो र हामी परिपक्वता र करुणाका साथ राम्रो तरिकाले यी चिजमा काम गरिरहेका छौं ।’
लामो समय प्रेममा रहेपछि उनीहरुले २०७४ साल असार १६ गते विवाह गरेका थिए । २०७५ जेठ ५ गते निशाले पहिलो सन्तानको रुपमा अमेरिकामा छोरालाई जन्म दिएकी थिइन् । निशा र शरद डेढ वर्षदेखि अलगअलग बस्दै आएको जनाईएको छ । सम्बन्धविक्षेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधानमा टेकेर निशाले शरदविरुद्ध अंशबन्डा मुद्धा दायर हालेकी थिइन् ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल