Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निश्चलले घोषणा गरे एक्सन फिल्म

यो बर्ष हिट फिल्म ‘दिमाग खराब’ निर्देशन गरेका निर्देशक निश्चल बस्नेतले नयाँ फिल्मको घोषणा गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर उनले नयाँ फिल्म निर्देशन गर्न लागेको घोषणा गरेका हुन् । निश्चलका अनुसार, अब उनले एक्सन फिल्म निर्देशन गर्ने तयारी गरेका छन् । उनले, दशैँ अगाडि नै नयाँ एक्सन फिल्म निर्देशन गर्ने उल्लेख गरेका छन् । फिल्मको बारेमा निश्चलले अरु केही पनि बताएका छैनन् । यो बर्ष भने निश्चलले फिल्म ‘बेहुली फ्रम मेघौली’मा काम गर्दैछन् । आकाश बरालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा निश्चलको साथमा नायिका स्वस्तिमा खड्काले काम गर्दैछिन् । यो फिल्ममा स्वस्तिमाको नै लगानी रहनेछ । निश्चलले फिल्म ‘लुट २’पछि ‘दिमाग खराब’को निर्देशन गर्नका लागि ७ बर्ष लगाएका थिए । तर, अब निश्चलले नयाँ फिल्म निर्देशनका लागि समय नलगाउने निश्चित भएको छ । नेपालमा एउटै शैलीका फिल्महरूको निर्माण धेरै भयो भन्ने गुनासो सुनिन थालेको छ । यस्तो अवस्थामा निश्चलले अब एक्सन फिल्म निर्देशनमा हात हाल्नु सुखद कुरा हो ।


सम्बन्धित समाचार