Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

निहारिकाले तोडिन् अनसन, पाउलिन् न्याय ?

काठमाडौं । न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी सोनाली कुमारी सिह निहारिका र सरकारकारबीच ५ बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकि सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसंग सहमति भएपछि उनले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडेकि हुन् ।
प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र निजको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।