Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एमाले अध्यक्षदेखि उनको टिमका नेताहरूले सत्ता फुत्केको रिसले कहिले संविधान चिथोरेका छन्, मधेश प्रदेशमा उल्का ग्रह चर्काएका छन् । बाराको सिमरामा जेनजी युवामाथि प्रहार गर्न कार्यकर्ता उतारेका छन् । उनको लोकतन्त्र त्यही हो । एमालेको ओली गुटमात्रै यो देशको लोकतन्त्र र गणतन्त्रको संरक्षक हो भनौ संविधानमाथि बारम्बार प्रहार केपी ओली र उनको शासनबाट गरिएको छ । गणतन्त्र, संघीयता र समानुपातिक सिद्धान्तका प्रतिक केपी ओलीले बयलगाढा चढेर अमेरिका पुगिँदैन, राजतन्त्रसँग लड्न हुँदैन भनेकै हुन् ओलीका कुरालाई गायत्री मन्त्र ठान्ने गुण्डुका महेश, दाङका शंकर, गुल्मीका प्रदीप त के कास्की खगराजहरूको पार्टीको हैसियत र जनताप्रति तिनको बफादारिता जनताले राम्रैसँग बुझ्छ । लाजकै पसारो संविधान उही मिच्छ । प्रदेश प्रमुखलाई होटलमा पु¥याएर संसदमा सरकार बन्ने मत हुँदाहुँदै धरा १६३ (३) मा दगुर्छ । ओलीकै सल्लाहमा काम गर्दा प्रदेश प्रमुखको जागिर जान्छ सभामुखको पद खोसिन्छ । त्यही बेला बाराको परावानीपुरको जमघट लडाइँमा परिणत गरिन्छ । त्यहाँ खटाइएका शंकर पोखरेल, महेश बस्नेतहरूको प्रस्तुतीले ओली भन्दा कम थिएन । कुनै पनि जिम्मेवारी नलिने आफू बाँच्न सेनाको हेलिकोप्टर प्रयोग गर्ने आफूसँगैका साथीहरू बालुवाटार छाड्ने प्रधानमन्त्री कस्तो हो । यो सत्य जगजाहेर छ, तर धम्की उसकै छ । यस्तो पाराले एमालेको ११औं अधिवेशनमा अब केपी ओलीको औचित्य बाँकी छ भनेर मत दिने लठैतहरू मुर्ख हुन् । जसले जबजका प्रवर्तक स्व. मदन भण्डारीले स्थापित गरेको जनताको बहुदलीय जनवादको संरक्षण गर्दैन भन्ने कुरा स्पष्ट छ । एमाले जे गर्छ त्यो जनताको पक्षमा गर्छ भन्ने अब भएन । किनकि ओलीको तेस्रो र चौथो सत्ताकाल भ्रष्टाचार चरम बन्यो, माफिया, तस्करले काम मिलाए, राज्यको श्रोत लुटे तर पनि केपी ओली आफूले राम्रो गरेको बताउन छाडेनन् । राजनीतिमा दम्बी, अहंकारी व्यवहारमा निर्दयी, स्वाभावमा कठोर केपीको पहिचान बन्दा बन्दै कसरी फेरि सर्वसम्मत अध्यक्ष बन्लान् ? ओलीका ५ भाइलाई भदौ २३ को कत्लेआम २४ को भौतिक क्षतिका बारेमा के लाग्दो हो ? गुरुलाई सम्मान गर्नुपर्छ । तर त्यो गुरु जनप्रेमी भन्दा विध्वंशकारी बन्छ भने त्यो बेला सुझाव, सल्लाहको पनि खाँचो पर्छ । ती त्यस्तो हुनुपर्छ जो राजनीति विज्ञता प्राविधिक रूपमा सबल, ओली त्यस्ता होइनन् । आफैंले खटनपटनमा खटाउने नोकर, चाकर सरहका सल्लाहकार राखेर देशमा कानुन मिच्ने, विधि, प्रक्रिया मिच्ने, जबर्जस्ती गर्ने कामलाई अग्रता दिए । त्यसकै परिणाम जेनजी पुस्ताको आन्दोलन थियो । आज समस्या चर्काउने काम उनैबाट भएको छ । ओलीको नेतृत्व र नेकपा एमाले मैमत्त बनेर पार्टीमा प्रभु नठान्ने र विधि प्रक्रिया खोज्नेलाई शत्रु ठान्ने सत्तामा रहँदा नीतिगत लुटमा सक्रिय हुने मात्र हो कि ? पेटमा हरि, मनभित्र कोमलता भएको दयालु ? यत्रो विध्वंश भयो तर मति आउँदैन । हरेक कुरामा ओलीमात्र ठिक अरु बेठिक हुन्छ ? ओलीको साथ लागेर जेनजी तर्साउन ०५३ सालका सुकुम्बासी प्रदीप हुन् कि बर्मेली समुदायका शंकर किन नहुन् डुक्रिनै पर्दैन । यिनको लाकत सरकारमा छँदा पनि देखियो, पार्टीमा झन छर्लङ्ग भयो । नालायकहरूको मिलाप त्यस्तै विध्वंशकारीसँग हुन्छ त्यो देखियो ।
एमालेले सभा गरोस्, जुलुस प्रदर्शन गरोस् चर्को भाषण गरोस् जे नाटक गरे पनि सत्ता असफलता नीतिगत लुटका विरुद्ध भदौ २३ को विद्रोह थियो । पेटमा हरि नहुँदा जनताका छोराछोरीको कत्लेआम गरेको परिणामको फल २४ को आगलागी हो । त्यो सत्य छर्लङ्ग छ तर एमालेजनहरूको व्यवहार र संगत पार्टीभित्रै ओली गुट पच्य छैन भने अरु दल र जेनजी पुस्ताले रुचाउँदैन भन्न पाउँदैन । निहुँ त एमालेले नै खोजेको छ हरेक ठाउँमा ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल