Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नीतिको चाहना पूरा

पूर्व मिस इन्टरनेसनल नीति शाहलाई फिल्म क्षेत्रमा प्रवेश गर्न नै हम्मे हम्मे परिरहेको थियो । भनौँ, नीति आफूलाई अभिनेत्रीका रूपमा उभ्याउनलाई सगरमाथा चढे झैँ भइरहेको थियो । हुन त, नेपालमा मिस नेपालसँग जोडिएका युवतीलाई फिल्ममा डेब्यु गर्न रत्ती पनि गाह्रो काम थिएन । तर नीतिलाई भने पहिलो फिल्म खेल्न साह्रै सकस पर्‍यो । कुनै ताका मोडलिङ गर्दा फिल्मको अफर लिएर जाने निर्माता निर्देशकलाई नीतिले फिल्ममा रुचि नभएको जवाफ दिएर फर्काउने गरेकी थिइन् । तर एउटा हाई प्रोफाइल ब्रेकअप पछि अचानक उनलाई फिल्म खेल्ने हुटहुटी चल्यो । आफैँ फिल्म बनाउनेदेखि खेल्नेसम्मका लागि कसरत थालिन् । उनले ल भन्नु मात्र के थियो फिल्म खेल्ने अफरको ताँती लाग्यो । यसपछि त उनले अभिनय गर्ने भनेर ४ वटा फिल्म नै साइन गरिन् । त्योमध्ये उनले अनमोल केसीसँग ‘एक्स नाइन’ साइन गरिन् । तर आजभोलि भन्दा भन्दै त्यो फिल्म फ्लोरमा जानै सकेन । आजित भएर नीति पनि त्यो फिल्मबाट अलग भएको घोषणा गर्न बाध्य भइन् । लामो समयको पर्खाइ चलिरहँदा उनले अनमोलसँग नभए पछि प्रदीप खड्काको जोडी भएर अभिनय गर्ने कम्मर कसिन् । प्रदीपको मुख्य भूमिका रहने ‘कामिनो’मा नीति लिडिङ लेडी रहने खबर आयो । तर यो फिल्म पनि बन्ने भन्दा भन्दै पनि बनेन । ‘कामिनो’ पनि छाड्नु परेपछि दिक्क हुँदै नीति अभिनयमा पोख्त बनाउन मुम्बई लागेकी थिइन् । मुम्बई पुगेकी नीतिलाई फिल्म ‘रावायण’का लागि अफर आएपछि उनी पुनः नेपाल आइन् । नीतिलाई यो पटक साइन गरेको फिल्म ‘रावायण’ त बन्छ भन्ने पक्का थियो । किनकि, यो फिल्मको तयारी पनि चलिसकेको थियो । तर, अन्तिम समयमा निर्माणपक्ष र नायक अनमोल केसीबिच कुरा नमिल्दा फिल्मको छायांकन नै अन्यौलता हुँदै बन्न नबन्ने अनिश्चित हुन पुग्यो । नीतिले ‘रावायण’का लागि ‘डिग्री माइला’बाट आएको अफर टुक्राएकी थिइन् । नीतिका लागि फिल्म क्षेत्रमा प्रवेश गर्न यति गाह्रो किन भइरहेको होला रु भन्ने थियो । धेरैले सोचेका थिए, अब नीतिले हार मानिन् । त्यसयता फिल्ममा आफ्नो दरिलो कमब्याक गराउने चाहना पुरा नहुने जस्तो नदेखिएपछि नीति पर्ख र हेरको समयमा थिइन् । यो कुराकै बिच अचानक उनले नयाँ फिल्म ‘खजुरे ब्रो’ गर्न लागेको समाचार आयो । केही दिनअघि नै सुटिङ सुरु भएको फिल्मको सोमबार औपचारिक घोषणा समेत भयो । घोषणा कार्यक्रममा नीतिले मुखै खोलेर भनिन् , ‘अनमोल र प्रदीपसँग फिल्म खेल्न जुरेको रहेनछ । रियर राईसँग जुर्यो ।’
मजाक मजाकमा नीतिले यसो भने पनि उनको यो भनाइमा पीडा झल्कन्छ । एक नम्बर मानिएका हिरोसँग डेब्यु गरेर करिअर चम्काउँला भन्ने नीतिको चाहना पूरा भएन । आखिर, फिल्म त खेलेरै छाडिन् नीतिले ।


सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल