Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नीतिहिन देश, नैतिकहिन नेता

  • ईश्वरी वाग्ले

संघीयता कार्यान्वयनमा समस्या छ । यसको कारण व्यवस्थाप्रतिको दलीय प्रतिबद्धतालाई सत्ता र शक्तिमा लोभ्याइएको कारण हो । यो बेला प्रदेशमा अस्थिरता छ । दलहरूलाई संकटकोशी प्रदेशमा देखिन्छ जहाँ काँग्रेस र सत्ता गठबन्धनले राप्रपाको साथ बिना बहुमत प्राप्त गर्दैन । पुरानो गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले काँग्रेसलाई रिझाउन आफ्नो सभाुमख त्यागे । तर बैगुनी काँग्रेसले त्यो देखेन । माअ‍ोवादीलाई हटाउने काँग्रेसलाई जिताउने डा. शेखर समूहको पौरख अहिले छरपष्ट भएको छ । काँग्रसलाई सत्ताच्यूत गराएर मिशन ०८४ मा एक्लै बहुमत ल्याउने टेरामक्स प्रकरण र स्वास्थ्य उपकरण खरिदको अरवौं भ्रष्टाचारका श्रृङ्खला बोकेर काँग्रस भ्रष्टाचारीहरूसँग चुनावमा कसरी जाला ?
सत्ता सर्वाेपरि सबैको एजेन्डा छ । बागमती, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समस्या छैन । कोशी प्रदेशको सरकार निर्माणमै संविधानको अन्तिम विकल्प प्रयोग भएको कारण विवाद भयो । दलीय सदभाव छैन जनता र राष्ट्रका कुरा छैनन् । जात, जाति, सम्प्रदायले हक खोज्दा राज्य जसरी दमनमा उत्रियो त्यसले संकट पैदा गरायो । त्यो संकटको कारक नेकपा एमाले भयो । जो अहिले वामपन्थी बर्चश्वको सरकारमा नायक छ । शंका अझै उसैप्रति छ ।

भ्रष्टै भ्रष्टको सञ्जाल
काँग्रेस र पञ्चबाट जन अपेक्षा पूरा हुँदैन । काँग्रेसले बरु विनोद चौधरीको सेवा गर्छ । दरबारको पैसाले धनाढ्य भएको व्यापारी सार्वजनिक जमिन कब्जा गर्छ र सान देखाउँछ । नैतिक दायित्व व्यापारीमा पनि छैन, राजनीतिमा हुने कुरै भएन । देशले राजनेता पाएको छैन । स्वार्थी परिवारवादी र गुटमोही नेताले देश बनाउँदैनन् भन्ने कुरा लोकतन्त्रको १५ वर्षे लुट र देशले बोकेको ऋण हो । संघीय सरकारकै वरपर घृणा छ । प्रदेशले कार्यक्षमता देखाएन । ८५० भन्दा बढी सांसद ७५३ स्थानीय तहका २७ सय भन्दा बढी जनप्रतिनिधिलाई तलब भत्ता बुझाउँदैमा आधा बजेट खरानी हुन्छ । निजामती प्रशासन, सुरक्षा फौज, सेना, कुटनीतिक क्षेत्रको खर्च राज्यकै हो । आफैं कमाउने र श्रोत जुटाउने टेलिकम, विद्युत, खानेपानी जस्ता संस्थाहरू समेत राजनीतिक दबावको शिकार भएका छन् । भ्रष्टाचार त्यहाँ झन् ठूलो छ । टेरामक्स खरिद, विद्युतीय मिटर, खानेपानी मिटर खरिदका कुराले देश दुर्गन्धमा छ । शासकहरू राजाका नयाँ रुप भएका छन् । लाज शर्म, घिन यिनमा छैन । दायित्व र जिम्मेवारीबोध यिनले लिँदैनन् । अहिलेको पुस्ता टेस्टेड हो सबै असफल भयो । बालेनदेखि हर्कसम्म अराजक स्वाभाव छताछुल्ल भएका छन् । जनताको सरोकार तीनले पनि ग्रहण गरेका छैनन् ।

एमालेले चाहे सक्छ
एमालेले चाह्यो भने सबै प्रदेशमा सरकार र संघीय सरकारलाई जनताको पक्षमा डोहो¥याउन सक्छ । कालो बजार नियन्त्रण गर्ने, जनतालाई राहत दिलाउने, लोकतन्त्रको मर्म जोगाउने ठाउँमा बलियो शक्ति नेकपा एमाले हो । स्थानी निकायमा एमाले र माओवादीका जनप्रतिनिधिले इमान्दार पूर्वक जनताको सेवक बन्न चाहे भने सक्छन् । तर केन्द्रदेखिनै स्वार्थी चरित्र छ । माओवादीबाट अब जनताले आशा गर्दैन । लुट, मस्ती गर, रमाउ माओवादीको मुल सिद्धान्त बनेको छ । सरकारमा टिक्न बारम्बार स्वार्थ बाझिने निर्णय प्रधानमन्त्रीको तहबाट भएका छन् । कुरा इमान्दार र व्यवहार दुष्ट देखिएका माओवादीहरूमा नैतिक धरातल ध्वस्त भएको छ । सुन तस्करीलाई प्राथमिकतामा राख्दा पूर्व उपराष्ट्रपतिदेखि संसदका सभामुखसम्मले आफ्नो मर्यादा माटोमा मिलाए । काँग्रेसले यस्तो धन्दा गर्छ । पूँजीपति वर्ग, उद्योगी, व्यापारी काँग्रेस र एमालेकै धेरै छन् । राजश्व मार्ने योजनामा काँग्रेस सफल छ । विकासका योजना सफल बनाउन बजेटको सिस्टममै रकम बढाउन एमाले सफल छ । नीतिगत भ्रष्टाचार भनेको त्यही हो । तर आज जनताले महंगी र अभावको भार बहन गर्दैछ । चिन्ता तिनलाई छैन जो सरकार सञ्चालन गर्ने हक लिएका छन् । देशकै कमाण्डर भएका छन् ।

गुटवाद र परिवारवाद
नाटक त जति गरे पनि हुन्छ । रास्वपाबाट जनताले अब अपेक्षा गर्दैन । विवाद रहित कुनै रहेनछन् । रविले शुरुमै ढाकाराम श्रेष्ठको बदनाम गराए । आफू पनि सञ्चाकर्मी छँदा मोलमोलाई गरेर उठाउने गरेको कुरा दुर्गा प्रसाई बताउँछन् । प्रसाई पनि ठग नै हुन् । उनले कम्युनिष्टका लोभी पापी प्रचण्ड र केपीको राम्रै बदनाम गरेका छन् । बदनामीमै रमाउने भएकाले नेताहरूलाई छोएन । नेपालका नेता स्वार्थी, परिवारवादी, गुटवादी भएको कुरा काँग्रेसका शेबरहादुर र रामचन्द्र पौडेल, एमालेका केपी ओली, ईश्वर पोखरेल, माओवादीका प्रचण्ड र नारायणकाजी प्रमाण हुन् । मौका पाउँदा गगन थापाले पनि किसानको आहार खोसेकै छन् । कुरा चर्का उनकै हुनेगर्छ ।
भ्रष्टाचार विरुद्धको अभियानमा एउटै मोतो सबैको भए काँग्रेसी मार्कोस मात्र होइनन् एमालेका ईश्वरहरू जेल जान्थे । कानुन पनि नेता र साधारण जनताको लागि एउटै छैन । हरेक ठाउँमा नेता र जनतासँग गर्ने व्यवहारमा खोट छ । प्रहरी प्रशासन निष्पक्ष छैन । अस्पतालले मानव सेवा गर्दैन । डाक्टर जस्तो मर्यादित पेशा पत्रकार जस्तो मर्यादित वर्ग दलीयकरणको शिकार भएको छ । निष्पक्षता कतै छैन । कम्युनिष्टले जब वर्गीयता त्यागेर जातीयतालाई प्रश्रय दिए स्थिति जताततै भत्कियो ।