Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने कांग्रेसको निर्णय

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत रहेको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको काग्रेस संसदीय दलको बैठकले नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत भएको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सरकारको नीति तथा कार्यक्रमले मुलुकको समस्या सम्बोधन गर्न नसकेको बताए ।
सरकारले जनताको उपचार, खाद्यान्न लगायतका राहत प्याकेज ल्याउन नसकेको मुख्य सचेतक खाँणले बताए । त्यस्तै विदेशमा अलपत्र रहेका नेपालीहरुलाई तत्काल स्वदेश ल्याउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । नेपालमा मापदण्ड पूरा गरी आवश्यक क्वारेन्टाइन र स्वास्थ्य उपचार गर्ने व्यवस्था गरी विदेशमा रहेका नेपालीहरुलाई छिटो भन्दा छिटो नेपाल ल्याउनुपर्ने निष्कर्ष निकालिएको सचेतक खाँणले जानकारी दिए । बैठकले नेपाली भूमिमा भारतले सडक बनाएकोप्रति आपत्ति जनाउँदै कुटनीतिक पहलबाट नेपाली भूमि फिर्ताको लागि वार्ता गर्न पनि माग गरेको छ ।


सम्बन्धित समाचार