Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपामा उम्मेदवार छान्न पनि सकस

काठमाडौँ । पार्टी नेतृत्वमै मनमुटाव देखिएपछि नेकपाभित्र तलैसमम्म अन्योल बढेको छ । नेकपाले यही कात्तिक १० गतेभित्र प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसक्न सम्बन्धित जिल्लालाई निर्देशन दिए पनि अहिलेसम्म एउटै जिल्ला तथा प्रदेशले पनि उम्मेदवार सिफारिस गरेका छैनन् ।
उम्मेदवार सिफारिसका लागि सचिवालयले दिएको समयसीमा सकिन अव ३ दिनमात्र बाँकी छ । गत असोज २९ गते बसेको नेकपा सचिवालय बैठकले जिल्ला तथा प्रदेश कमिटीहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनका लागि सम्बन्धित प्रदेश र जिल्ला कमिटीलाई तीन–तीन जनाको नाम केन्द्रमा सिफारिस गर्न निर्देशन दिएको थियो । नेकपाले स्थानीय तहका उम्मेदवार छनोट गर्न भने प्रदेश कमिटीलाई नै अधिकार दिएको छ ।
मंसिर १४ गते प्रतिनिधि सभा सदस्य–१ र प्रदेश सभा सदस्य–३ तथा स्थानीय तह प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको एक र प्रदेशसभाको तीन रिक्त स्थानमा उम्मेदवार मनोनयनपत्र कात्तिक २१ गते बिहान १० देखि दिउँसो १ बजेसम्म दर्ता गर्नुपर्ने छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतले उम्मेदवार चयन गर्न बाँकी नै छ ।