Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपामा ओली गुटलाई सातखत माफी

काठमाडौँ । पञ्चायतकालमा राजा, राजपरिवार र भाइभारदार, दलाल अञ्चलाधीश पञ्चहरूले जस्तो अपराध गरून्, कानुनले छुँदैनथ्यो । काँग्रेसकालमा गिरिजा कोइराला, उनकी छोरी, कोइराला परिवार र कोइराला परिवारका दलालहरूलाई कानुन लागेन । शेरबहादुर देउवा, उनकी पत्नी, साला र उनको गुटलाई पनि कानुन लागेन, लाग्दैन । यता, नेकपामा प्रधानमन्त्री केपी ओली र उनको गुटका कोही कसैलाई कानुन लाग्दैन । शेरधन राई मुख्यमन्त्री नै छन् । सञ्चारमन्त्रीबाट राजीनामा गरेका गोकुल बास्कोटालाई न त अख्तियार लाग्छ न त नेपालको कुनै कानुनले छुन्छ । रोशनी शाही प्रकरणमा कृष्णबहादुर महरालाई जेल कोच्नेदेखि सार्वजनिक बदनाम गर्ने सुवास नेम्वाङ (हाडनाता) को अपराध क्षम्य भयो । उनकी जेठी पत्नी विराटनगरमा दुःखजिलो गरेकै छन् । जबजले यही भनेको हो ?

नेम्वाङलाई सभामुख बनाएर युरोपेली युनियनको सक्रियताबाट कानुन तोडमोड गराउने र इन्डो प्यासेफिक रणनीतिको अमेरिकी मिलियन च्यालेन्ज कर्पोरेसनको ५४ अर्बमा मरिहत्ते गर्ने केपी डिजाइन क्रमशः धमिरा लाग्यो । पार्टीले छानबिन गरेपछि यसको भित्री पाटो सबैले थाहा पाए । सरकार एनसेलको कर छली, खेतान समूहको लुट, गोल्छा, चौधरीहरूको डनवाद, थाम्सेर्कु र यती होल्डिङ्सको कैफियत हेर्दैन । तर जनताले सहज सूचना पाउने टेलिभिजन नेटवर्कलाई च्यापेर सूचना थाहा पाउन जनतालाई केबल किनाउँछ । पाठ्यपुस्तकमा कर लगाउँछ, दैनिक ज्यालादारी गर्ने जमदुरको आम्दानीमा कर खोज्छ, राष्ट्रघाती भए पनि एमसीसी स्वीकार्न डुक्रन्छ । केपी ओली र उनको गुटको राष्ट्रवाद र जनसेवा यही हो । यस्तो नीति लाद्ने विद्वान् हुन्– डा. युवराज खतिवडा । ओली गुटको कुकर्म कानुनसम्मत बनाउन अब नेकपाले विधान फेर्न संसद्ले संविधान फेर्न बाँकी छ । के यो सम्भव छ ओली गुटको ?

के हो, शेरधन राई र बालिका खड्काको सम्बन्ध ? किन गयो मुद्दा जिल्ला अदालतमा ? प्रधानमन्त्री ओलीका बारेमा पनि यस्ता विवाद आएकै हुन् । रोशनी प्रकरण एमसीसी जोडेर पार्टीका अर्का अध्यक्षको दाहिने हात भाँच्ने केपी ओली, सुवास नेम्वाङ, अग्नि खरेल, ईश्वर पोखरेल, गोकुल बास्कोटाहरूले एमसीसी कति पढे ? पार्टीको प्रतिवेदनमा के भेटे ? महरालाई जेल कोच्ने अग्नि र सुवासले शेरधन राई प्रकरणमा जोडिएकी बालिका खड्काको अंश मुद्दामा निष्पक्ष किन भएनन्, यिनले कानुनी हस्तक्षेप गर्न सक्छन् ? खबरदारी गर्नुपर्दछ । तर एकै प्रकृतिका आरोपमा शेरधन मुख्यमन्त्री भइरहने महरालाई सांसद पदबाट हटाउने प्रयास ओली डिजाइनले किन ग¥यो ? पाप धुरीबाट कराउँदो रहेछ । महरालाई जबर्जस्त जेल कोचेको पापले गोकुलको जागिर गयो, ओलीको दाहिने हात भाँचियो, शेरधनको बहादुरी धमाधम सार्वजनिक हुँदैछ । यस्तै, जोरी खोजेर माओवादी पक्षका नेताहरूमाथि नहुने बात लगाएर नेपाल ट्रष्टको जग्गा जमिन थाम्सेर्कु र यती होल्डिङ्सलाई सुम्पेर कुम्ल्याउनुसम्म कुम्ल्याएका उपप्रम तथा रक्षामन्त्री ईश्वर पोखरेलको रखैल काण्ड सार्वजनिक हुन सक्छ । वनस्पति विभागको कास पदमा पोखरेलले जागिर लगाएकी ती नारी को हुन् ? जसले महानिर्देशकलाई औँलामा नगन्ने ?

ओली गुटले जोगाउनुपर्दैन थुतुनो र ..नो ? हुन त यस्ता कुकर्ममा प्रचण्ड समूह पनि चोखो छैन । उनका स्वर्गीय छोरा प्रकाश पनि पौरखी थिए । शक्तिबहादुर बस्नेतका कति यौनकाण्ड जनार्दनले जोगाए ? अहिले शक्तिबहादुरले प्रचण्डका कुरा बालुवाटर पु¥याएर ओली गुटमा प्रवेश गरे पनि उनीप्रति त्यो समूहले पूर्ण विश्वास गरेको छैन । आफ्ना अपराधको ढाकछोप गर्ने र अरूलाई अदालत, प्रहरी, गुप्तचर, सम्पत्ति शुद्धीकरण लगाएर दबाउँदा हुन्छ के ? जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ, कसले भनेको छ ? दुई तिहाइलाई हेप्ने भन्ने लफङ्गाहरूको हैसियत जनताले थाहा पायो । नीतिगत लुटको यथार्थता एकाएक बाहिर आयो । एमालेको जनताको बहुदलीय जनवादभित्र मानव अधिकारका ठेकेदार सुशील प्याकरेल, मन्दिरा शर्मा, सपना प्रधान, अग्नि खरेलले शेरधन राईले पीडा दिएकी बालिका खड्काको मानव अधिकार र राष्ट्रपति विद्या भण्डारीको महिला अधिकारप्रतिको चासोसम्बन्धी जनचेतना जगाउन डलर भित्र्याए कसो होला ? ओलीका धुपौरेले संविधान फेर्न सक्छन् ?

प्रम ओली अहिले बिरामी छन् । उनी नेपालको राजा भइसकेका छन् । राष्ट्रपति विद्या भण्डारी पनि राजाकै सानमा छिन् । यी दुवैले आफू कम्युनिस्ट भन्न सुहाएकै छैन । बरु सामन्तवादको प्रतिभा भएको देखियो । यिनले सेवक बन्ने छौँडा र ढेंडूहरूको बदनाम अझ हुन्छ । गौँडो कुर्नपर्छ, हात्तीलाई पनि धाप मार्न पाइन्छ भनेको यही हो ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल