Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपामा गुटको भारी

काठमाडौं । जसले जति भारी बोक्न सक्छ त्यही अनुरुपको भारी बोकाएको भए पो उद्देश्य र लक्ष्य पूरा हुन्छ । तर नेकपा नामको पार्टी एक पद, एक व्यक्ति हुनुपर्छ भन्दै गर्दा गुटको खेती कसैले त्यागेन । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आफ्ना हनुमानहरूलाई भारी बोकाएका छन् । पद पाएपछि हुन्न भन्न नसक्ने, भए जति सबै ओगट्ने अनुहारहरू हुन् काभ्रेका गोकुल बास्कोटा धादिङका शालिकराम जमकट्टेल, कालिकोटका महेन्द्र शाही, स्याङ्जाकी पदमा अर्याल ।

यी सबै केन्द्रीय सदस्य पनि हुन् । शाही कर्णाली प्रदेशका मुख्यमन्त्री पनि हुन् । केन्द्रीय सदस्य शाही कालिकोटका इञ्चार्ज पनि हुन् । त्यस्तै शालिकराम प्रदेश ३ का कानुनमन्त्री पार्टी केन्द्रीय सदस्य, जिल्ला इञ्चार्ज पनि हुन् भने गोकुल बास्कोटा ४०१ को जम्बो केन्द्री सदस्य बनाएका थिए । पदमा अर्याल भूमाफियाको हितमा जग्गा कित्ताकाट खुलाएर आलोचित थिइन् । यिनलाई पनि भारी बोकाइएको छ, केन्द्रीय सदस्य भूमिमन्त्री स्याङ्जा जिल्लाको इञ्चार्ज । ४०१ जनामध्ये अधिकांशले ठाउँ पाएनन् काम दिइएको छैन । प्रचण्ड र ओलीका दलालहरूलाई भारी थपेको थपै क्या कमाल छ नेकपामा वा ! प्रचण्ड र ओलीको दिमागले आफ्नालाई राज्यको स्रोत खुवाउन बाँकी राखेका छैनन् । हुँदा हुँदा गुटका मान्छेलाई भारी बोकाएर मात्र हुन्छ कि काम पनि गर्ने हो ? माधव कमरेडले कुरा चर्काएर मौनता किन साँधे ?