Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपाले आइतबार उम्मेदवार घोषणा गर्ने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि आइतबार उम्मेदवार घोषणा गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उम्मेदवारहरुबारे प्रारम्भिक छलफल सुरु भएको र आइतबार फेरि बैठक बसेर उम्मेदवारको टु्ंगो लगाउने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पार्टीका क्षेत्रीय निर्वाचन समयन्वय कमिटी, जिल्ला र प्रदेश कमिटीबाट आएका सिफारिसबारे शनिबारको सचिवालय बैठकमा नेताहरुबीच प्रारम्भिक छलफलमात्रै भएको र आइतबार थप छलफल गरेर उम्मेदवारको घोषणा गरिनेछ ।
३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आउन एक महिना पनि समय बाँकी नहुँदा प्रमुख दलहरुले भने उम्मेदवारको टुंगो लगाउन ढिलाइ गरेका छन् । उम्मेदवारीकै विषयमा छलफल गर्न काँग्रेसले पनि आइतबार नै पदाधिकारी बैठक बोलाएको छ ।
यसैबीच नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् ।
बैठकमा उनले आफ्नो स्वास्थ्यमा गम्भीर अवस्था सिर्जना नभएकोबताएका थिए । स्वास्थ्यमा केही समस्या देखा परेका कारण चिकित्सकले परीक्षण गरिरहनु भएको छ । केही रिपोर्ट आइसकेको र केही आउन बाँकी छ, बैठकमा ओलीले भने, अहिले स्वास्थ्य अवस्था सामान्य छ । सबै रिपोर्ट आएपछि प्रधानमन्त्रीको उपचारबारे थप निर्णय लिइने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल