Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपाले गर्यो दल दर्ताको निर्णय

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले निर्वाचन आयोगमा दल दर्ता निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालयको बैठकले स्थानीय निकाय, प्रदेश र संघमा रिक्त स्थानमा हुने उपनिर्वाचनको लागि दल दर्ता गराउने निर्णय गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी कोष्ठ भित्र नेकपा लेखिने गरी निर्वाचन आयोगमा दर्ता भए पनि यो दलले निर्वाचनमा भाग लिएको छैन । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भइ नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बने पछि दल दर्ता गराउनु परेको हो ।
बैठकले दल दर्ता सम्बन्धी सम्पूर्ण काम गर्न महासचिव बिष्णु पौडेललाई जिम्मेवारी दिएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । निवाचन आयोगले उपनिर्वाचनको लागि नयाँ दलहरुको लागि भदौ मसान्तको समय तोक्दै सूचना प्रकाशित गरि सकेको छ । यस्तै बैठकमा पार्टी एकताका बाँकी काम अगाडि बढाउने बिषयमा सामान्य छलफल भए पनि कुनै निर्णय नगरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
प्रधामन्त्री एवं पार्टी अध्यक्ष केपी शर्माओली सिंगापुरमा उपचार गराएर फर्केपछि पहिलो पटक सचिवालयको बैठक बसेको हो ।