Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा (एस)का १४ जनालाई बचाउन प्रधानन्यायाधीशविरुद्ध महाअभियोग

काठमाडौं । नेकपा एकीकृत समाजवादीको वैधानिकता संकटमा परेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सत्तारुढ तीन दलका सांसदले महाअभियोग दर्ता गरेको खुलेको छ। उक्त पार्टीको वैधानिकतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथि सुनुवाइ गर्न जबराले आइतबारका लागि पेशी तोकेपछि बिहान एकाएक महाअभियोग प्रस्ताव तयार गरिएको बताइएको छ । उनका अनुसार उक्त रिटमाथि सोमबार पेशी तोकिएको थियो। तर, प्रधानन्यायाधीश जबराले आफ्नो अग्राधिकार प्रयोग गर्दै आइतबारका लागि पेश सारेपछि एकाएक महाअभियोगमा जाने निर्णय तीन दलले गरेका हुन्।
ती कांग्रेस सांसदका अनुसार नेकपा एकीकृत समाजवादीका १४ जना सांसदको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। प्रधानन्यायाधीश जबरा उनीहरूको वैधानिकता नरहेको फैसला गराउने तयारीमा रहेको सूचना पाएपछि एकाएक उनीविरुद्ध महाअभियोग लगाइएको ती सांसदले जानकारी दिए। उनका अनुसार बिहान ८ बजे एकाएक राजधानीमा उपलब्ध रहेको तीन दलका सांसदलाई सिंहदरबारस्थित संसदीय दलका कार्यालयहरूमा बोलाइएको थियो। ‘हतारमा जसपाका सांसदलाई बोलाउन भ्याइएन, शीर्ष नेताहरूसँग कुरा त नभएको होइन तर राम्रोसँग कुरा बुझाउन नपाइएको हो,’ उनले भने।
उनका अनुसार आइतबार भएको कांग्रेस संसदीय दलको अनौपचारिक बैठकमा यसबारे छलफल भएको थियो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित थिएनन्। ‘प्रधानन्यायाधीश ज्यू त सरकार ढाल्ने खेलमा हुनु हुँदो रहेछ। संविधानको धारा ७६ (२) अनुसार फेरि एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बनाउने षडयन्त्रमा उहाँ रहेको थाहा पाएपछि महाअभियोगबाट उहाँलाई हटाइएको हो,’ ती सांसदले भने।