Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा संगठन विभागमा तीन जना थपियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीको संगठन विभागलाई विस्तार गर्ने निर्णय गरेको छ । बुधबार विहान बसेको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विभागमा तीन जना सदस्य थप गर्ने निर्णय गरेको हो ।
अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई संगठन विभागमा थप गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि संगठन विभागमा प्रमुखमा वामदेव गौतम र उपप्रमुख जनार्दन शर्मा चयन भएका थिए ।
त्यस्तै बैठकले आगामी उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गरि केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन समेत दिएको छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको रिक्त स्थानमा हुन लागेको निर्वाचनका लागि जिल्ला कमिटीसँग परामर्श गरि ३ जनाको नाम सिफारिस गरि कात्तिक १० गते भित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
त्यस्तै स्थानीय तहको उम्मेदवारका लागि सम्बन्धित गाउँ वा नगरकमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने निर्णय बैठकले गरेको छ ।