Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा सचिवलयले प्रदेश प्रमुख छान्दै

काठमाडौं । नेकपाको सचिवालय बैठक आज बस्दैछ । सातवटा प्रदेशका प्रमुखको चयनका लागि सत्तारुढ नेकपा सचिवलाय बैठक बस्न लागेको हो । आइतवार बसेको नेकपा सचिवालय बैठकमा प्रदेश प्रमुखहरुको नाममा सहमति जुट्न नसकेपछि बेलुकाका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक पछाडि सरेको थियो । आज बस्ने नेकपा सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् बैठक बस्ने र प्रदेश प्रमुखहरुको नियुक्तीको तयारी गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी थिइन् । प्रधानमन्त्रीको निवास बालुवाटारमा आइतबार बसेको बैठकले सबै प्रदेशका प्रमुखहरूलाई पदमुक्त गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । तत्कालिन कांग्रेसको सरकार भएको बेलामा प्रदेश प्रमुखहरु नियुक्त भएका थिए ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल