Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा सचिवालय बैठक आज

काठमाडौं । कुर्सीको भागवण्डा र गुटको सन्तुलन मिलाउन नसक्दा अड्किएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । नेकपामा स्कूल विभागमा टुङ्गो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको छ । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपचार गरेर आएपछि मङ्गलबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो । बुधबार पनि नेताहरुबीच कुरा नमिलेर बिहीबार ३ बजेका लागि बैठक बोलाइएको हो ।

आजको बैठकमा पार्टी एकताका सबै प्रक्रिया टुंग्याउने गरी छलफल हुने बरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । नेकपाको स्कूल विभागका विषयमा सहमति जुट्न सकेको छैन् । आपसी सहमतिका साथ अघि बढ्ने भन्दै अध्यक्ष द्वयले छलफल गरेपनि निर्णायक बन्न सकेको छैन ।स्कूल विभागमा प्रवक्ता श्रेष्ठसहित सचिवालय सदस्य खनाल, ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दावी भएको कुरा बाहिर आएको थियो । यसअघि यही साउन १३ गते बैठक बसेको थियो ।

नेकपाको अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय सङ्गठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम पूरा हुन सकेको छैन ।


सम्बन्धित समाचार