Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकपा सचिवालय बैठक शुरु

काठमाडौं । पार्टी भित्रको आन्तरिक विवादका बीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक शुरु भएको छ । पार्टी विवाद उत्कर्षमा पुगेको बेला शुरु भएको बैठमा स्पष्ट रुपमा दुई पक्ष देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्को पक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल समूह रहेको छ ।
बैठक शुरु हुनु अघि आज नै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षधर सांसदहरुको हस्ताक्षर संकल गरेका छन् भने प्रचण्ड नेपाल समूहले पनि आफू पक्षधर सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । प्रधानमन्त्रीबाट ओलीलाई विस्थापित गर्ने तयारी भइरहेको र ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट समेत व्याक नहुने अडान राखेका सामाचारहरु सार्वजनिक भइरहँदा आजको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ ।


सम्बन्धित समाचार