Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपाललाई चाँडो तेस्रो पुस्तामा नेतृत्व हस्तान्तरण गरेर बिदा हुन युवा नेताहरूले सुझाव दिएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूसँगको छलफलका क्रममा बालेन शाहसँगको प्रतिस्पर्धा अब प्रचण्ड माधवको पुस्ताले होइन नयाँ नेकपाको तेस्रो पुस्ताले मात्र गर्न सक्ने उनीहरूको भनाइ थियो । महिला, विद्यार्थी, युवा, किसानलगायत जनसंगठनका इन्चार्ज र महासचिवसम्मका पदाधिकारी सहभागी बैठकमा वाइसिएल अध्यक्ष पुष्प ओली, अखिल क्रान्तिकारीका उपाध्यक्ष बिराज थापालगायतले शीर्ष नेताको इतिहासको सम्मान गर्दै तेस्रो पुस्तालाई नेतृत्व सुम्पिनुपर्ने बताएका थिए । सो बैठकमा प्रचण्डलाई सानो पार्टीको नेतामा सीमित नभई राष्ट्रको अभिभावक बन्न समेत केहीले सुझाएका थिए । चौथो पार्टीको संसदीय दलको नेता प्रचण्ड होइन अब युवालाई बनाउन पनि बैठकमा प्रस्ताव आएको एक सहभागीले बताए । सल्यानबाट जितेका रमेश मल्ल,रुकुम पश्चिमबाट जितेका गोपाल शर्मा,सिन्धुपाल्चोकबाट जितेका युवराज दुलालमध्येबाट दलको नेता,उपनेता र प्रमुख सचेतक बनाउन युवाहरूले सुझाव दिएका थिए । बैठकमा सहभागी एक नेताले भने–चाँडो महाधिवेशन गरेर तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गरौँ भन्ने सबैको कुरा आयो । सारमा भन्ने हो भने प्रचण्ड र माधवले चुनावी पराजयको जिम्मा लिएर राजीनामा दिनुपर्छ भन्ने नै कुरा हो । बैठकमा नेकपाको जम्बो केन्द्रीय समिति भंग गरेर छरितो बनाउन र चुनावमा भोट हाल्नै नजाने र गएर पनि घण्टीमा हाल्नेहरूको पहिचान गरी बिदा गर्न आग्रह समेत गरेका थिए ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ६
ताजा नेपाल