Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेकोको लूटमा निरौलाको हात

  • काठमाडौं । ग्राहकलाई आकर्षक योजना र सहुलियतको नाममा स्थापित भएको नेको इन्सुरेन्स लिमिटेड अहिले पीडितहरूलाई ठगी गर्ने थलो बन्दैछ । सो इन्स्योरेन्सका अध्यक्ष रमेश निरौलाको धन्दा इन्स्योरेन्स दाबी गर्न आउने व्यक्तिहरूसँग बार्गेनिङ गर्ने, धम्क्याउने र पैसा धुत्ने रहेको छ । कम्पनी ऐन २०२१ अन्तर्गत दर्ता भएको पब्लिक लिमिटेड कम्पनी भए पनि नेको इन्स्योरेन्समा बढिरहेको लुटमाथि छानविन कसले गर्ने ? सिइयो विश्वराज तिमेलालाई अध्यक्ष निरौलाले घुमाउने गरेका छन् । इन्स्योरेन्स दाबी गर्नेहरू सोझै निरौलासम्म पुग्नुपर्दछ । उनीहरूसँग उनले गर्ने भनेको पहिलो शर्त नै बार्गेनिङ हो । जब मान्छे दुर्घटनामा परेर बिमाको दाबी गर्दै कम्पनीमा पुग्छ त्यो बेला उसले कम्पनीबाट राहत पाउनु त कता हो कता आहत पाउँछ भने त्यस्ता कम्पनीमाथि कारबाही गर्ने निकाय विमा समिति के हेरेर बसेको छ ? ज्ञानेश्वरमा केन्द्रीय कार्यालय बन्दै गरेको नेको इन्स्योरेन्सका अध्यक्ष निरौलाले त्यही ठेकेदारमार्फत् वानेश्वरस्थित आफ्नो घरको सिंगारपटार गराइरहेका छन् । जनताको पैसाबाट आफ्नो स्वार्थ पूरा गर्ने यस्ता भ्रष्टहरूमाथि भ्रष्टाचारको विरोध गर्ने प्रधानमन्त्रीको केपी ओली सरकारको नजर पर्छ कि पर्दैन आम पीडितहरू प्रतिक्षा गरिरहेका छन् । २०५१ पौष १ गते कम्पनीको स्थापना भएको र बीमा समितिबाट २०५३ जेष्ठ १७ गते निर्जीवन बीमा ब्यवसाय गर्ने स्वीकृति प्राप्त गरेको उक्त कम्पनीमाथि कारबाही गर्ने निकाय विमा समिति हो । त्यो समिति नै यतिखेर सरकारको नजरमा असक्षमहरूको हातमा परेको छ । समितिका पदाधिकारीहरू असक्षम भएकै कारण नेको इन्स्योरेन्सका लुटाहा रमेश निरौलाले मनपरी गरेका हुन् ।