Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेटवर्किङबाट महिनामा लाखौं कमाइने भन्दै करोडौं ठगेर बेपत्ता

काठमाडौं । पछिल्लो समय नेटवर्किङ व्यवसायबाट ठगीनेहरुको सङ्ख्या बढ्दो छ । विभिन्न नेटवर्किङ व्यावसायहरु मध्ये जोसियल पनि एक हो । जोसियल नामक अनलाइन नेटवर्किङ व्यावसायका एजेण्टहरुबाट नेपालीहरु ठगीदै आएका छन् । चितवनका रामप्रसाद कँडेल नाम गरेका जोसियलका एक एजेण्टले बुटवलबाट मात्रै करिब एक करोड बराबरको रकम ठगी गरेको ठगीमा परेका बुटवलवासीको अनुमान छ । आफू बसेको टोलबाट मात्रै १० लाख ठगी भएको उनको भनाइ छ ।
रामप्रसादले सुरुमा उक्त व्यावसायमा लाग्न उक्साएर सोझासिधा व्यक्तिहरुबाट लाखौं पैसा संकलन गरेपछि अहिले सम्पर्कवीहिन भएको बुटवलका पीडितहरुको गुनासो रहेको छ । नेपालको विभिन्न स्थानहरूमा जोसियल सम्बन्धी तालिम दिँदै हिड्ने रामप्रसादले प्रशिक्षणको क्रममा लाखौं करोडौं कमाउन सकिने आश्वासन दिएका थिए । ‘सुरुमा त मलाई पनि विस्वास लागेको थिएन, तर नेपाल सरकारबाट मान्यताप्राप्त हो भनेर जोसियल कम्पनीको प्रमाणपत्र देखायो । र, मैले चिनेकै मान्छेले राम्रो हुन्छ भनेर आफ्नो अकाउन्टमा आएको डलर देखाएपछि होला जस्तै लाग्यो ।’, एक पीडितले बताए । ‘तर यहाँको सोझासाझा सबैलाई प्रलोभनमा पारी फसाएर गयो’ उनले थपे । एनसीसी बैंकमा रामप्रसादको नाममा रहेको खाता नम्बर ८०००११७४६० मा पीडितहरुले पैसा जम्मा गरेका थिए । पीडितहरुका अनुसार सुरुमा सदस्यता लिन ६० डलर अर्थात नेपाली रुपैयाँ ८ हजार एक कसय लाग्ने त्यसपछि जोसियलको विज्ञापन हप्तामा २ वटा पोस्ट गर्न पाइने र २ वटा पोस्ट गरेको १० डलर प्राप्त हुने त्यो ३५ दिनमा पाइने भनिएपछि उनिहरुले त्यसै गर्न थालेका थिए । जोसियल सम्बन्धि सामग्रीहरु खोज्ने क्रममा दर्पणछाँया नामक अनलाइनमा एक लेख भेटियो । उक्त लेखमा पीडितहरुले बताए जस्तै जोसियलमा सदस्यता दिने तरिकादेखि लिएर कति आम्दानी हुने कुराहरु उल्लेख गरिएको छ । २०७८ जेठ १३ गते प्रकाशन भएको उक्त लेखमा १० जुन २०२१ सम्म मात्रै उक्त बोनसको समयसीमा रहेको उल्लेख गरिएको छ । भिडियो सहित शेयर गरिएको उक्त लेखमा अहिले भिडियो भने उपलब्ध छैन । १८ जना वा सोभन्दा बढी मान्छे जोडेमा मासिक ३०० देखि ४०० डलरसम्म पाइने उल्लेख छ । कमेन्ट सेक्सनमा प्रायः यो राम्रो व्यावसाय रहेको र सदस्यता लिने तरिकाहरु सिकाइएको छ ।


एजेण्टहरुले पनि प्रशिक्षणको क्रममा यहि कुरा बताउने गरेको पीडितहरु बताउछन् । प्रशिक्षणको क्रममा एजेण्डहरुले किन अरुलाई फाइदा गराउने ? भनेपछि मासिक ३०० देखि ४०० डलरसम्म पाइने प्रलोभनमा परी बुटवलका कतिले आफ्नै परिवारको सबै सदस्यलाई जोसियलको सदस्य बनाएका थिए । सदस्यताका लागि आवश्यक पर्ने रकम चितवनका एजेण्ट रामप्रसादको खाता नम्बरमा लगाइदिएको पीडितहरुले बताए । ‘जब पैसा उसको खातामा जम्मा भयो, त्यसपछि रामप्रसाद सम्र्कवीहिन जस्तै बन्न थाल्यो । ‘एकपटक फोन रिसिभ ग¥यो तर के गर्न सक्छन् र्ग भन्न थाल्यो, त्यसपछि मात्रै थाहा भयो हामी फसेछौं भन्ने कुरा । उनले प्रशिक्षण दिँनेक्रममा खिचिएको तस्विरहरु पनि छन् । उनी आफै त्यसरी प्रशिक्षण दिन बुटवल आएका थिए ।’ अर्का पीडितले बताए ।
पीडितका अनुसार रामप्रसादले ३५ दिनमा पैसा आउछ, ३ महिनामा डबल आउछ भनेका थिए । तर ७ महिनासम्म पनि पैसा नआएपछि प्रश्न गर्दा उनी सम्पर्कवीहिन हुन थाले । ‘सदस्यता दिएपछि डलर देखाउने तर त्यो निकाल्न नमिल्ने रहेछ । जब ६० डलर पुग्छ त्यसले अर्को सदस्य बनाएर उसलाई त्यो डलर ट्रान्सफर गर्ने अनि ऊ बाट आफूले पैसा असुल्नुपर्ने रहेछ । यो सरासर ठगी काम रहेछ, तर एजेण्टहरुले यी कुराहरु बताएनन्, सदस्यता लिएको पैसा ३ महिना पुगेपछि डबल आउछ मात्रै भने ।’ अर्का पीडितले थपे ।


त्यस्तै, जोसियलका अर्का एजेण्ट हुन्, माधव सिवाकोटी । आफ्नो मुनी १८ जना लेफ्ट एन्ड राइट बनाए गोल्ड मेम्बर हुँदै ब्राण्ड एम्बेस्डर बनिने र त्यसपछि महिनाको लाखौं आउँछ भन्ने प्रलोभन देखाएपछि १८ जना सदस्य पु¥याउनका लागि भनिएको रकम पीडितहरुले सनराइज बैंकको माधव सिवाकोटीको नाममा खोलिएको खाता नम्बर १२५०७३३३४३२०५००१ मा पनि डिपोजिट गरेका थिए । सिवाकोटीको फेसबुक टाइमलाइनमा प्रायः जोसियलसम्बन्धि सामग्रीहरु राखेका हुन्छन् । केहि महिना अघि मात्रै जोसियल नेटवर्किङ व्यावसाय सम्बन्धमा भारतमा गरिएको कार्यक्रमको सामग्री उनको टाइमलाइनमा ट्याग भएका छन् । आफ्नो मुनि १८ जना सदस्य बनाएको खुशियाली मनाउनुपर्छ भनेर पीडितहरुलाई ती एजेण्टहरुले केक काट्न लगाएपछि पीडितहरुले केक काटेर खुशियाली मनाएका थिए । त्यो देखेपछि अन्यमा पनि अझ विश्वास बढेर गएपछि धेरैजनाले जोसियलका सदस्यता लिएका थिए । जोसियलप्रति अझ विश्वास बढाउन बुटवलका केहि व्यक्तिहरुलाई तालिम दिन भनेर भारत लगेका थिए । तर तालिमका लागि भारत पुगेका एक व्यक्तिका अनुसार त्यहाँ तालिम दिइएन, रमाइलो मात्रै गराइयो । त्यहि कसरी अझ धेरैलाई ठगी गर्न सकिन्छ भन्ने सिकाए । भारतमा जाँदाआउदा र बस्दाको खर्च सुरुमा कम्पनीको व्यहोर्ने भने पनि अन्त्यमा आफैलाई तिराएका थिए ।
कम्पनीको तर्फबाट एजेण्टहरुले फेसबुकमा प्रमाणपत्र पनि पठाइदिने गरेका छन् । यसरी झुटो आश्वासन देखाई लाखौं ठगिएको थाहा पाएपछि पीडितहरु आक्रोशित भएका छन् । ‘सुरुमा वालेटमा १०० डलर पुगेपछि निकाल्न मिल्छ भनेका थिए तर १०० पुग्ने वित्तिकै त्यो डलर देखिन छोड्यो । सोधपुछ गर्दा अहिले सिस्टम चेन्ज भएको हो । पैसा कमाउने लोभमा धेरैले फेक अकाउन्ट बनाउन थालेपछि सिस्टम फेरिएको हो भने । त्यसपछि पहिलाको भन्दा कम डलर आउने बनाउन थाले, पहिला हप्ताको ५ डलर आउथ्यो त्यसपछि हप्ताको ४ डलर मात्र आउन थाल्यो । त्यसबारे फोन गरेर सोध्दा चिन्ता नगर्नु ५० डलर पुगेपछि निकाल्न मिल्छ भन्न थाले । तर ५० डलर पुगेपछि सदस्यता नविकरण गर्न लगायो । त्यसपछि मात्रै झसङ्ग भयौं ।’, बुटवलकै अर्का पीडितले बताए । त्यसरी एजेण्टले ठगी गरेपछि कतिको परिवारमा समास्या आउन थालेको पीडितहरुको गुनासो छ ।