Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेताकै लोभमा फस्यो देश

राजनीतिमा निष्ठा र त्याग नभएका कारण मन्त्रिपरिषद् विस्तार गर्न र दलहरूबाट आकांक्षी छनोट गर्ने नेतृत्व हम्मे हम्मे प¥यो । यो बेला कसैलाई संसदमा प्रवेश गर्नुछ, कसैलाई मालदार मन्त्रालयको मन्त्री बन्नुनै राजनीति गर्नु छ । जोगी बन्न राजनीति गरिन्न भन्ने तथाकथित कम्युनिष्ट पार्टी भएको देशमा काँग्रेस सत्तालम्पट अन्य दल सत्ता लम्पट छैनन् भन्ने होइन । मुलुकको यो परिवर्तन नेताले गरेका थिएनन् । आन्दोलनमा जनताका छोरा मरेका छन् । ज्यान फालेकाहरू बिर्सदै जाने बिचौलिया र माफियाले राजनीतिक तहमा प्रवेश गर्नु नै कम्युनिष्ट र काँग्रेस पतन हुँदै गएका हुन् ।
यिनको ढंग नपुग्दा पञ्चायतका अवशेषहरू धर्म र संस्कारका नाममा अगाडि आएका हुन् । रुढीवादी परम्परा अझै पनि छ । बोक्सीको नाममा मान्छे मारिएका छन् । दाइजो दिन नसक्दा छोरी बुहारीको ज्यान गएको छ । कानुन छ, त्यसले अपराधीलाई चिन्दैन । कानुन कार्यान्वयन गर्ने ठाउँमा राजनीतिक हैकम छ । त्यसले जनतामाथि दमन गर्छ, उत्पीडन गराउँछ । सताउँछ । त्यसैले यो देशका कथित परिवर्तनकारीले जोगाउँछन् । तन्त्र जुनसुकै होस् यहाँ भ्रष्ट तन्त्र नै अगाडि छ । त्यसको संरक्षण दलहरूले गरेका छन् । व्यवस्था दोषी होइन । शासक र राजनीतिक गर्नेहरूको चरित्र दोषी छ । लाजघिन तिनमा छैन । राज्य दोहन गर्ने काम तिनले गरेका छन् । मन्त्री बन्न र मन्त्रालय रोज्नेले आफ्नो कार्यक्षमता अनुभवको ख्याल गर्दैन । पायो भने सरकारको सम्पत्ति दोहन गर्न ऊ तम्सन्छ । त्यहाँ नैतिकताको ठाउँ कतै रहँदैन । अहिले जनतामा निराशा छ, असफल नेतृत्वले राज्यका उपयुक्त ठाउँमा प्रहार गरेको छ । दलहरू राष्ट्रका अगाडि पूरै भष्मासुर भएका छन् । त्यस्ताको विकल्पमा आएका नयाँ चरित्रमा पनि मपाइँवाद देखियो । सरकारमा सहभागी हुनै पर्ने मन्त्री पद लिनै पर्ने पद लोलुपताको शिकार तिनै भएका छन् ।
सञ्चारकर्मको हुँकार राजनीतिको ढोसेशास्त्रभित्र टिक्न कठिन हुन्छ । अर्काको गल्ती उधिन्न जति आनन्द हुन्छ त्यो रुपमा आफैं फसेपछिको स्थितिलाई कसरी अनुशरण तिनले गरे । तर रविले आफू बाहेक अरुलाई काम गर्न सक्ने ठानेनन् । रवि बाहेक राष्ट्रिय स्वतन्त्र पार्टीमा अरुले केही जान्दैनन् भने झैं गरे । उनलाई अरुको विश्वास गर्दा आफ्नो कद घट्ने विश्वास भएकाले हुनसक्छ सरकारलाई समर्थन गरेर मन्त्री पदमा जाँदैनौ भनेर उम्केका । सरकार पक्षको नेकपा मसाल मन्त्रीमण्डलमा जान्न भन्ने आँट ग¥यो ।
समस्याको जंगलमा दलीय संयन्त्र छ । विपक्षीको काम आफैंभित्रको दादागिरी मेटाउनेमा भन्दा राज्यलाई एकपछि अर्को संकट थप्ने छ । जनयुद्धकालिन घटना शान्ति प्रक्रियाको प्रमुख अङ्ग बन्दा पनि नेकपा एमाले शत्रुता देखाइरहेको छ, विदेशी डलरबाट चलेका एमालेका मजदूर कर्मचारी, वकिलका संगठनहरूले देशमा अशान्ति मच्चाउनेमै छ । एमालेको ओलीपथ नेपाली राजनीतिको कलंक हो । त्यो पथले झापा विद्रोहको काटमार विद्रोह ठान्छ दश वर्षे द्वन्द्वले बदलेको व्यवस्थाको उपयोग गर्छ । तर शान्ति सुशासनको पाटो गिजोल्छ । सत्य निरुपण तथा मेलमिलाप आयोगका सम्बन्धमा ४१ महिनासम्म केपी ओलीले चासो नदिनु भनेकै ओलीका दलाल अग्नि खेलहरूलाई डलर खेतीमा रमाउने मौका दिलाउने परिपाटी थियो । जसले राज्यदोहन गर्ने भन्दा बाहेक जनताको जीवनस्तर उकास्नै चाहेन । यतिखेर सरकारलाई स्थायित्व दिनुभन्दा अस्थिरतामै गिजोल्ने काम भएका छन् । सिंहदरबारभित्र जनताको बारेमा चिन्तन गर्ने मान्छे भएनन् । जुनसुकै दल किन नहुन् लुट्ने बाहेक अर्को काम गरेकै छैनन् । नेताको रहन सहन तिनले कार्यकर्तालाई दिने उपदेश कुनै नीति, सिद्धान्त त्याग र बलिदानसँग मेल खाने छैनन् । स्वार्थ परिवारवादसँग जोडिएको छ । त्यो स्वार्थले पद र कुर्सीलाई जोड दिएको छ । गणतन्त्र स्थापना भएको १६ वर्षसम्म गणतन्त्रकै नाममा ब्रम्हलुट चम्कनुले पञ्चायतको विरोध गर्नुको अर्थ भएन ।
यहाँ त राष्ट्रवादी राजाकी नेता सोच्नु पर्ने भयो । राजा बन्न देश चाहिन्छ, जनता बिनाको राजा हुँदैन । नेता बन्न कार्यकर्ता चाहिन्छ । कार्यकर्ताका अगाडि भुक्ने नेता मौका पाउँदा काम गर्दैनन्, त्यो झल्को यस पटकको किचलो काँग्रेसमा मात्र होइन त्याग र बलिदानको कुरा गर्ने माधव नेपालको पार्टी एकीकृत समाजवादीभित्र झन् नांगो रुपमा देखाइयो । केपी ओली त देशका भडूवा नै हुन् । उनको शासन कस्तो थियो जनताले पनि भोग्यो, कार्यकर्तामा निराशा बढ्दा मिसन ग्रासरुट अभियान चलाउनु प¥यो ।


सम्बन्धित समाचार