Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेतामाथिको कारबाही एमाले फुटाउने दुराशय

काठमाडौं । अदालतले ब्यूताइदिएको नेकपा एमाले पूर्ववत अवस्थामा छैन । त्यहाँभित्र ठूला दुई गुटको लडाइँ चर्किंदा कार्यकर्तामा चरम निराशा छाएको छ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउने दुराशयका साथ प्रस्तुत भइरहेको आरोप लगाएका छन्। ओलीले पार्टी हितविपरीतका कार्य गरेको भन्दै नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरेका छन्। वरिष्ठ नेता खनालसहित ११ जना स्थायी कमिटी सदस्यहरूले शुक्रबार एक संयुक्त विज्ञप्ति निकालेर त्यसको निन्दा र भर्त्सना गरेका हुन्। ‘सत्ता, शक्ति र स्रोतको उन्मादले ग्रसित केपी शर्मा ओलीद्वारा पार्टी विभाजनको रेखालाई फराकिलो बनाउने दुराशयबाट नवौँ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डेलाई अनेक झुटा आरोप लगाउँदै कथित स्पष्टीकरण सोधियो । त्यो उहाँको पार्टीभित्र अन्तरद्वन्द्व चर्काउने दुराशयको हिस्सा थियो, विज्ञप्तिमा भनिएको छ, अझ अघि बढेर उहाँबाट यही चैत्र १६ गते वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई विभिन्न झुटा लाञ्छना लगाउँदै ६ महिनाका लागि पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टीको विधानविपरीत स्वेच्छाचारी कार्य गरेकोमा चैत्र १९ गते उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य पाण्डेलाई पनि सोही प्रकारका झुटा लाञ्छना लगाउँदै ६ महिनाका लागि नै पार्टी सदस्यबाट समेत निलम्बन गर्ने पार्टी विधानविपरीतको अर्को स्वेच्छाचारी काम भएको छ। यस्तो कार्य पार्टीभित्र विचार र संगठनको सम्बन्धमा छलफल र बहसको ढोका बन्द गरी नेकपा ९एमाले०लाई विभाजन गर्दै छिन्न(भिन्न गर्ने दुराशयकै निरन्तरता भएको उनीहरूको ठहर छ। ‘यस्तो पार्टी विधान, पद्धति र मान्यताविपरीतको कार्यको हामी भर्त्सना गर्दछौँ । केपी शर्मा ओलीबाट भएका उक्त प्रकारका देश, जनता र पार्टीको हितविपरीतका क्रियाकलापका विरुद्ध तथा पार्टीका क्रान्तिकारी सिद्धान्त र विचारको पक्षमा दृढतापूर्वक एकताबद्ध रुपमा संगठित भई देशव्यापी रुपमा सक्रिय हुन आग्रह गरिएको छ ।