Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेतालाई नै पुगेन राज्यको कोष

आफुलाई भए जनता भोकै मरुन रोगले थलिउन वर्तमान सत्ताका नाइकेहरुलाई चासो छैन । विश्वमाहामारी कोरोना भाइरसले भारतसित सिमा जोडीएका राज्यहरु पिडीत बनी रहेका छन् तर सिंहदरबार देखि प्रदेश राजधानीका महलमा बसेका कम्युनिष्ट नेताहरुलाई चासो छैन । उनीहरुमा चासो हुदो हो त यही बेला राष्टपतिको महलमा १ करोड ८४ लाखको गलैचा र सिगारपटार जरुरी थिएन नकी कर्णली प्रदेशका सभामुख राजबहादुर साहीको निमीत्त १ करोड ७२ लाखको टोयटा गाडी आवश्यकता ठानिएको हुने थिएन । कारोना बाट पिडीत जनताले पिसीआरको अभावमा भैसी गोठलाई क्वारेन्टाइनका रुपमा बस्न बाध्य बनइएको छ । दैनिक जसो हजारौ नागरिकहरु सिमा क्षेत्रबाट आफ्नो देशमा प्रवेश गरी रहेका छन्। गरिब जनता भोकभोकै मरीरहेका छन् तर कम्युनिष्ट शासनका जनवादी नेताहरु राज्य कोष खर्च गरेर महंगा गाडी चढ्ने मन्त्रीहरुका निमीत्त जिमखाना बनाउने गरीरहेका छन् । घरबेटीले भाडा माग्दा तिर्न नसकेका श्रमीकहरु कोठ छोडेर प्रैदल यात्रा गरीरहेका छन् । तर सिहदरबारका शासकहरु फजुल खर्च गर्न छाडेका छैनन् । भ्रष्टचार बढी रहेको छ । मन्त्रीहरुलाई कुनै चासो छैन किनकी उनीहरु प्रधानमन्त्री केपी ओलीका हनुमान बनेका छन् । आफ्ना हनुमानहरुबाट भएका गल्ती प्रधानमन्त्रीले ढाकछोप गरीरहेका छन् । प्रधानमन्त्री भन्छन् जनता भोकै मोदैन तर उनका जनप्रतिनिधिहरुले घरबेटीलाई राहत दिन्छन् ।त्यही घरमा भाडा तिरेर बस्ने श्रमीकलाई छिछिर दुरदुर गर्दा पुलमुलीको बास भोको पेटभएको पत्तो राज्यले पाउदैन। धन्न छ कम्युनिष्ट पाटी स्थानिय सरकार र नेकपाका नेता कार्यकर्तालाई ?


सम्बन्धित समाचार

एनपीएलको ट्रफी सार्बजनिक

२०८१ मंसिर १०

ताजा नेपाल