Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । कोरोना संक्रमितको मृत्युपछि स्वास्थ्यकर्मी भकुर्ने घटना बढ्दै गएपछि सरकारले स्वास्थ्य संस्थाहरुको सुरक्षामा ध्यान केन्द्रीत गरेको छ । बाँकेको भेरी अस्पतालमा सुरक्षाकर्मी परिचालन गरिएको छ । गत विहीबार राति कोरोना संक्रमितको मृत्युलाई लिएर आफन्तले चिकित्सक तथा नर्समाथि आक्रमण गरेको घटनापश्चात जिल्ला प्रहरी कार्यालय बाँकेले अस्पतालमा सुरक्षाकर्मी नै तैनाथ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार प्रहरी नायव निरीक्षक (सई) तोजेन्द्र बिसीको कमाण्डमा २ जना प्रहरी सहायक निरिक्षक (असई) सहित २५ जनाको टोली आइतबारबाट अस्पतालमै बस्ने गरी खटाइएको हो । आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग मुद्दा चलाएपछि आन्दोलित चिकित्सक तथा नर्सहरु नियमित काममा फर्किएका छन्
बिहीबार राति चिकित्सक र नर्समाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । दाङका डिल्ली रावतको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि उनका भाइ मानबहादुर र भरत तथा छोरा लोकराजले ड्युटीमा खटिएका डाक्टर र नर्समाथि आक्रमण गरेका थिए । बाँके प्रहरीले तीनै जनालाई बिहीबार राति नै नियन्त्रणमा लिएको थियो ।
२०८१ आश्विन २५
ताजा नेपाल
२०८१ आश्विन २५
ताजा नेपाल
२०८१ आश्विन २५
ताजा नेपाल