Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेताहरुको सदबुद्धि अझै आएन

सबैदलका नेताहरु पदका निमीत्त लडाई गरी रहे । हिजो राजतन्त्रका विरुद्ध भएका आन्दोलनहरुमा नेताहरुले नैतिकता र आर्दशको राम्रै गित गाएका हुन् । समय वित्दै गयो नेताहरु स्वार्थ र गुटको वरिपरी घुमीरहे । विदेश घुम्न पाए पदको मर्यादा समेत ख्याल नगर्दा उनीहरुको नैतिकता र आर्दश देखाउने दाँत मात्र भयो । संघिय गणतन्त्र लोकतन्त्र जे सुकै भएपनि जनता र राष्ट्रको पक्षमा काम गर्न राजनितीक दलहरुलाई कसैले छेकेको हुदैन। तर नेपालका राजनितीक दलहरु लामो समयसम्म स्वार्थ र २ तिहाइको कम्यिुनिष्ट सरकार होली वाइन काण्डले बदनाम भयो । तर पनि नेताहरुलाई लाज भएन ।
सरकारको नेतृव्व स्वच्छाचारी र केन्द्रियतावादी बन्दै गएपछि विकासका आधारभूत स्वार्थहरुलाई त्याग्दै जनताको नाउमा गुटको शासन चलाउन थाले पछि जनताका तत्कालिन आवश्यकताहरुलाई महत्व दिइएन । यही अंहकार र स्वच्छाचारीताको कारण काग्रेस र कम्यिुनिष्टको पुरानो पुस्ता विवादमा पर्यो । यो पुस्ताले ल्याएका नितीगत योजनाहरु सफल भएका छैनन् । प्रचन्ड देखि केपीसंम्म देउवा देखि पौडेल, र रामशरण महत सम्मको पुस्ता असफल भई सकेको छ । गणतन्त्रको १२ वर्षमा यिनले चलाएको सत्ताबाट देश अगाडी बढेको महसुस गर्न जनताले सकेन । लुट तन्त्र, चम्केपनि माधव,र झलनाथ, ओली जस्ता दुष्ट र बदनाम बन्न पाएनन् किनकी उनीहरुको गुट वलियो थिएन । राजनितीक अस्तिरताले देशलाई च्यापेको थियो । अहिले सरकार सार्वजनिक खर्च घटाउन अग्रसर छ ।
तर गुटका मान्छेहरुले प्राप्त गरेको सरकारी कामकाज खोसीने स्थितीमा नत मन्त्रालय घट्छन् न विभागहरु हट्छन् नत समितीहरु खरेज हुन्छन् । सावजनिक खर्च घटाएको खण्डमा देशले रु ५ खर्व ३६ अर्व फजुल खर्च गर्नु पदैन। यो खर्चका हिमाइतीहरु गुटमा आधारित योद्धाहरु भएकाले सरकारबाट अपेक्षा गर्नु मुर्ख भइन्छ । सबैलाई थाहा छ सेकुरिटी प्रेस सम्बन्धि भ्रष्टाचारमा रु ६ अर्व ६८ करोड भागबण्डा गर्ने तयारी थियो । ११ अर्व को मुल्यलाई १७ अर्व ६८ करोड बनाउन सक्ने प्रधानमन्त्रीका विश्वास प्राप्तहरुलाई संवृद्धि र विकास भनेको यही त रहेछ । गणतन्त्रको १२ वर्षमा जनताले बुझेको स्वच्छ शासन यो त थिएन । अर्थ मन्त्री युवराज खतीवडाले यो वर्षको समेत ३ पटक संसदमा बजेट पेश गरे। उनी आफैलाई त्यो बजेट खर्चका बारेमा कती विश्वास होला । जबकी हरेक वर्ष बजेट खर्च हुन नसकेको असारे भेल नआएको होइन ।सांसदहरुका नाममा अरबौ रकम छुट्याउनु पनि उचित थिएन । यस पटक पनि २२ अर्व ३९ करोड छुट्याइदै छ । जहाँ प्रदेश बाट १ करोड ९२ लाखका दरले सांसदहरुलाई नै बजेट दिने व्यवस्था गरिएकै छ । सरकारले राष्ट्र जनता प्रति इमान्दारी पुर्वक काम गरेको भए निर्वाचन क्षेत्रमा आधारित सांसद विकासकोषको नाम स्थानिय पुर्वाधार विकास साझेदारी भनेर ल्याउनु पर्ने थिएन ।
आफ्ना कार्यकर्तालाई समेत पाटीको निती र सिद्धान्तमा परिचालन गर्न नसकेको वर्तमान कम्यिुनिष्ट शासनलाई जागीर बनाइयो। समाज सेवा र मितव्यीताको नजीर कतै देखा परेन । समाज रुपान्तरणको प्रश्न पैसासित जोडेपछि राजनितीले व्यापार र जागीरको बाटो समाउछ । गणतन्त्रको उमेर १२ वर्ष पुगेपनि नेताहरुको चरित्र र प्रवृति यस्तै रहने हो भने कम्यिुनिष्ट मात्र होइन काग्रेसले समेत अबका दिनमा जनताको साथ पाउन मुस्कील छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल