Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेताहरुलाई जिम्मेवारी दिँदै ओली

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा दिउँसो १ बजे बैठक बोलाइएको एमाले कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिएका छन्।

यसअघि जेठ २ गतेका लागि तय गरिएको बैठक तयारी अपुग भएको भन्दै स्थगित गरेर आजका लागि सारिएको हो। ११औँ महाधिवेशन सम्पन्न भएको लामो समय बितिसक्दा पनि नेताहरूको कार्यविभाजन टुंगो नलागेकाले आजको बैठक मुख्यतः सोही विषयमा केन्द्रित हुने बताइएको छ।

एमालेका एक पदाधिकारीका अनुसार पार्टीले अब केन्द्रीय सदस्यहरूलाई पालिकास्तरमा जिम्मेवारी दिने तयारी गरेको छ। प्रत्येक केन्द्रीय सदस्यलाई स्थानीय तहको इञ्चार्ज बनाएर आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण अभियान अघि बढाइनेछ।

यससँगै पार्टीका विभिन्न केन्द्रीय विभाग तथा निकायमा पनि जिम्मेवारी बाँडफाँट गर्ने तयारी गरिएको छ। बैठकले फागुनमा सम्पन्न निर्वाचनको समीक्षा गर्न केन्द्रीय कमिटी बैठकको मिति पनि तय गर्ने सम्भावना रहेको ती पदाधिकारीले बताएका छन्।

बैठकमा पछिल्लो समय सरकारले सुकुम्बासी बस्ती हटाउने क्रममा अपनाएको कदम, विस्थापित नागरिकहरूको व्यवस्थापन तथा सरकारका कामकारबाहीका कारण जनस्तरमा परेको प्रभावबारे समेत छलफल हुने एमाले नेताहरूले बताएका छन्।


सम्बन्धित समाचार