Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
संसदीय व्यवस्था कम्युनिष्टको प्रमुख लक्ष होइन विश्व राजनीतिले संसदीय व्यवस्था सर्वाेत्तम बनायो । सोमियत रुस र चीनमा आएको त्यो परिवर्तनले नेपाल अधुतो भएन । गरिब किसान र मजदु्रको पार्टी भनेको छ सत्तामा गएपछि त्यो वर्गको हितमा न त विधेयक आए न त कानून बने । सुधारका काम गर्न सकिन्छ । तर नेकपाको नाउमा सत्तासिन भएका प्रचण्ड माधव डा. बाबुराम, झलनाथ, केपि ओली कसैले सुधारका योजना ल्याएनन् ।
भारतको पश्चिम वंगाल र केरलाराज्यको हविगत हेरे पुग्छ । त्यहाँ कम्युनिष्टहरुले गरिब किसानलाई सत्ताको भर्याङ्ग बनाए । तर तीनको हित गरेनन् । अहिले ध्वस्त भए । काँग्रेस आई नेकपा खिइदै जादा जनता दलको धार्मिक योजना सफल भयो । सत्तामा नरेन्द्र मोती छन् । दिल्लीमा आमआद्मी पार्टीले शासन गरेको छ । यतिखेर कम्युनिष्टहरु जनपृय भएनन् । त्यही कारण काँग्रेसका शेर बहादु्र देउवालाई मुक्त गर्न पूरानै कोट पूरानै चिन्तवबाट मुक्त हुन संयुक्त सरकारको सत्ता संचालनको निम्ति अवधारणा ल्याईएको हो ।
केपि ओलीले मौका पाएका हुन् । तर उनले राम्रो गरेनन् । उनलाई कम्युनिष्टको आचरण शैली सिद्दान्त मन परेन । त्यसैले राज्यको न्यायीक, प्रशासनीय, व्यापार, अर्थतन्त्र माथी धावा बोलेर बादशाहा भए । नेपालमा कम्युनिष्ट समाप्त हु्न नेताकै चरित्र र व्यवहार काफी छन् । तर आरोप उनीहरु एक्ले अर्कालाई लगाएर उम्कन खोज्दै छन् । पार्टीले राज्यसत्ता लिदा आमुल परिवर्तन गर्न नसक्ला सुधारका काम त गर्न सकिन्छ । तर ओली शासन विश्व महामारीका बेृला समेत कमिशनमा केन्दू्रीत भयो । देशको सम्पत्ति माफीयालाई सुम्पेर विचौलियाको काम गरेकै हो । पार्टी फुटाएकै हो । स्वर उसकै ठूलो छ ।
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल