Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका युवा नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईलाई विहीबार राति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बोलाए । शीतल निवासबाट फर्केका प्रधानमन्त्री ओलीले आधा रातसम्म दुई युवा नेतासँग छलफल गरे । माधव नेपाल समूहमा रहेका योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका नेताहरुलाई आफ्नो कित्तामा ल्याउने प्रयास ओली समूहका नेताहरुले गर्दै आइरहेका बेला विहीबार राति प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले भुसाल र भट्टराईसँग छलफल गरेका थिए । यसअघि योगेश भट्टराईसँग महासचिव ईश्वर पोखरेलले पनि छलफल गरिसकेका थिए । त्यस्तै अर्थमन्त्री विष्णु पौडेलले गोकर्ण विष्ट लगायतका नेताहरुसँग बेग्लै छलफल गरिसकेका थिए । बिहीबार राति भुसाल र भट्टराईसँग छलफल गर्नुअघि प्रधानमन्त्री ओली शीतलनिवास पुगेर फर्किएका थिए । ओलीले भेट्नु पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता माधवकुमार नेपालसँग कुराकानी गरेकी थिइन् । प्रधानमन्त्री ओलीले आफूलाई पार्टीभित्रैबाट असहयोग भएको र घेराबन्दी गरिएको पुरानै गुनासो सुनाउनुभयो, पार्टीलाई एकतावद्ध बनाउने कुनै ठोस प्रस्ताव ल्याउनुभएन,’ बालुवाटारको भेटमा सहभागी एक नेताले बताए अनुसार हामीले पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनुपर्छ भन्यौं, हाम्रो कारवाही फिर्ता गरिदिनुस् भनेर निवेदन दिने कुरो भएन, त्यसैले कारवाही फिर्ताबारे कुरै भएन । तथापि, अहिले पनि एमालेभित्रको एकता कायम गर्ने सम्भावना चाहिँ नसकिएको ती नेताले बताएका छन् । उनले भने, अझै पनि बैशाख २७ आउन तीन दिन बाँकी छ, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई सोच्ने समय छ । पार्टीलाई एकतावद्ध बनाउने हो भने फागुन २८ यताका एकतर्फी निर्णयहरु सच्याइनुपर्छ र पार्टीलाई ०७५ जेठ २ को अवस्थामा फर्काइनुपर्छ । तर, प्रधानमन्त्री ओली अहिलेसम्म पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन तयार नदेखिएको माधव नेपाल पक्षका नेताको बुझाइ छ ।यसैबीच, बरिष्ठ नेता माधवकुमार नेपालले ओलीसँग कुनै सहमति नभएको बताउँदै भनेका छन् । अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ र त्यसपछि बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरु फिर्ता लिइनुपर्छ र ०७५ जेठ २ गतेको कमिटी विधान र नेतृत्व नै हाम्रो बटमलाइन हो ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल