Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालकी चेली अमेरिकी अस्पतालको सिइओ

काठमाडौं । लतिलपुर सानेपाकी डा सोनिया हिराचन अमेरिकाको मिनेसोटा स्टेट फरेन्सिक साइकियाट्रिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त भएकी छिन्। डा हिराचन विदेशका ठूला अस्पतालमा सिइओ नियुक्त हुने सम्भवतः पहिलो नेपाली महिला हुन्। उनी मिनेसोटामा वयष्क मनोचिकित्सकका रूपमा काम गरिरहेकी छिन्। उनले न्यु प्राग र वरिपरिका क्षेत्र हेर्ने गर्छिन्डा । हिराचनले वयष्कहरूमा उत्पन्न हुने तनाव, बाइपोलार डिसअर्डर, एन्जाइटी डिसअर्डर, अब्सेसिभ–कम्पल्सिभ डिसअर्डर ओसिडी, पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर पिटिएसडी, डिसोसिएटिभ डिसअर्डर, सिजोफ्रेनिया, एटेन्सन–डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर एडिएचडी, पर्सनालिटी डिसअर्डरलगायत मनोवैज्ञानिक तथा मानसिक स्वास्थ्य समस्या समाधानमा विज्ञता हासिल गरेकी छिन्। उनले भारतको कस्तुरबा मेडिकल कलेल मणिपालबाट मेडिकल डिग्री प्राप्त गरेकी छिन्। उनी एक दशकदेखि चिकित्सकीय अभ्यासमा छिन्। उनी अमेरिकन बोर्ड अफ साइकियाट्री एन्ड न्युरोलोजीअन्तर्गतको फरेन्सिक साइकियाट्रीबाट प्रमाणित भइसकेकी चिकित्सक हुन्।
काठमाडौंको बूढानीलकण्ठ स्कुलबाट विद्यालय पढाइ पूरा गरेकी डा। हिराचनले मिनेसोटा विश्वविद्यालयको मनोचिकित्सा विभागबाट स्नातकोत्तर गरेकी छिन्। उनले सन् २०१३ जुलाईदेखि २०१४ जुनसम्म पिट्सबर्ग विश्वविद्यालयमा फरेन्सिक मनोचिकित्सा फेलोका रूपमा काम गरेकी थिइन्। त्यसैगरी डा. हिराचनले मिनेसोटा डिपार्टमेन्ट अफ ह्युमन सर्भिसेसमा फरेन्सिक साइकियाट्रिस्ट र डिसी डिपार्टमेन्ट अफ बिहेभियरल हेल्थमा रेजिडेन्ट फिजिसयनका रूपमा पनि काम गरिसकेकी छिन्।