Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालको कम्युनिष्ट आन्दोलन विसर्जनमा की मूलबाटोमा ?

सन्दर्भ

विभिन्न राजनैतिक घटनाले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) हरुमा आएको सैद्धान्तिक परिवर्तनमा यिनिहरुको ईतिहास संझिराख्नु सान्दर्भिक नहुन सक्छ तर पनिनेकपाहरुमा हुने टुटफुट खास गरेरसत्ताधारी नेकपाको आन्तरिक सत्ता संघर्षले (हाल अल्पविराम भएको छ) कोरना कहरबाट थलिएको नेपाली जनताको घाउमा नुन छर्केर समग्रमा कम्युनिष्ट चरित्रको खिल्ली उडाएको वर्तमान परिवेशमा ईतिहासको विश्लेषण हुन जरुरी छ । मुख्य पक्ष भनेको आजको दिनसम्म नेपालमा गरिव, किसान, मजदुरलगाएत गरिखाने बर्गको हितमा सरकार नबनेको अवस्थामाकम्युनिष्टहरुको मार्क्सवाद र लेनिनवादको सिद्धान्तमा संकट आएको स्पष्ट देखिन्छ । यो कम्युनिष्ट आन्दोलन विचलन भएको हो वा मूलबाटोमा छ भन्ने सेरोफेरोमा रहेर यस लेखमा केही चर्चा गरिनेछ ।

नेपाल कम्युनिष्टपार्टीको स्थापना र नेतृत्वकर्ताहरु

सन् १९४९ अप्रिल २२ का दिन गठन भएको नेपाल कम्युनिष्ट पार्टीको घोषणा-पत्र सन् १९४९ सेप्टेम्वर १५ मा जारी गरिएको थियो । दुई भिन्न मितिबाट संस्थागत हुदै आएको नेपालको कम्युनिष्ट आन्दोलनका अग्रजहरु पुष्पलाल र मोहनविक्रम सिंहको भिन्ना भिन्नै जनवादी कार्यक्रमहरुले नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्न सक्दैन भनेर क्रमश मदन भण्डारी र पुष्पकमल दाहालले विद्रोहका साथ नया पार्टी स्थापना गरि नया शिराबाट सुरु गरेको प्रतिफल स्वरुपअन्तत सत्ताधारीको नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन भएको हो । बि.सं. २०४६ साल अगाडीको कम्युनिष्ट नेताहरु जस्तै पुष्पलाल, केशरजंग रायमाझी, तुलसीलाल अमात्य, मोहनबिक्रम सिंह, नारायणमान विजुक्क्षे र सिपी मैनालीहरु विभिन्न परिवेशमा नेकपा फुटाएर वा जुटाएर नेपालका कम्युनिष्ट आन्दोलनको फरक फरक धारमा नेतृत्व गरे तर सत्ता प्राप्तीमा हमेसा असफल रहे । मनमोहन अधिकारी, बिष्णु वहादुर मानन्धर, साहना प्रधान, निर्मल लामा, केपी ओली, मोहन बैद्ध, ऋषि कट्टेल, विप्लव आदिहरु नेपालका कम्युनिष्ट आन्दोलन हस्तिहरु हुन तर वहाहरुको सैद्धान्तिक विचार माथि उल्लेखित नेतृत्वहरुको दाया वायामा सहयोगी भएर वा भिन्नै आफ्नै नेतृत्वमा कम्युनिष्ट पार्टीको निर्माण गरिएको छ जस्को सैद्धान्तिक धारको औचित्य सावित गर्न सकिराखेको अवस्था छैन् । अर्को तिर हिक्मत सिंह भण्डारी, रुपलाल विश्वकर्मा, बाबुराम भट्टराई जस्ता बर्षौ कम्युनिष्ट आन्दोलनमा विताएका हस्तीहरुले जीवनको उत्तरार्धमा कम्युनिष्ट पार्टी छाडेर विमुख भएको ज्वलन्त उदाहरण पनि छ ।

कम्युनिष्ट आन्दोलनमा दुईधार

नेपालका कम्युनिष्ट आन्दोलनको ईतिहास अध्ययन गर्दाविचारको दृष्ट्रिकोणमा दुई धारले नेतृत्व गरेको पाईन्छ: राजतन्त्रवादी रायमाझी र राजतन्त्र विरोधी पुष्पलाल । रायमाझीको लाईनमा अटाउने नेतृत्वहरुमा बिष्णु वहादुर मानन्धर र कृष्णराज बर्मा हुन भने सुरूमापुष्पलालको धारमा चाहेर पनि नचाहेर बाधिएका नेतृत्वहरुमा तुलसीलाल अमात्य, मोहनबिक्रम सिंह र सिपी मैनालीहरु थिए । मनमोहन अधिकारीको नेतृत्व हमेसा रायमाझी र पुष्पलालको विचारको विचमा शक्ति सन्तुलनको आधारमा रहेता पनि पुष्पलाललाई गद्धार भन्ने मोहनबिक्रम सिंह र सिपी मैनालीको नेतृत्वमा समय र परिस्थिति अनुसार हिडेको पाईन्थ्यो । रायमाझी धारको बिष्णु वहादुर मानन्धरको तप्का एकिकृत माओवादीमा अन्तत्वगत्ता विलय भयो भने तुलसीलाल अमात्य र मनमोहन अधिकारीको धार एमालेको बहुदलिय जनबादमा विनाशर्त समागम भएको थियो । राजतन्त्रको अस्तित्व भईन्जेल मदन भण्डारीको मृत्यु पश्चात नेकपा एमालेले रायमाझीको धारलाई पछ्याएको पाईन्छ किनकी माधव कुमार नेपाल नेकपाको महासचिव हुँदा भुपु पन्चको नेतृत्वमा सत्तामा जानु, प्रधानमंत्रीपदको लागि दरवारमा विन्तिपत्र हाल्नु,राजा ज्ञानेन्द्रको राज्यभिषेकमा दाम चढाउनु, राजा ज्ञानेन्द्रले गठन गरेको सरकारमा प्रतिगामी आधा सच्चियो भनेर सत्तामा सहभागि हुनु आदि उदाहरणहरु हुन् । त्यस्तै तत्कालिन समयमा भुमिगत माओवादी पनि संसदबादी पार्टीहरुको विरुद्ध राजा विरेन्द्रसंग संझौता गरेर सत्ता नजिक हुन खोज्नु पनि रायमाझीको धारलाई पछ्याउनु थियो भलै दरवार हत्या काण्डको कारणबाट यो प्रयास सफल हुन सकेन । परिस्थितिले सवै हिजोका रायमाझीको लाईनका कम्युनिष्टहरु सक्कली गणतन्त्रवादीमा दर्जित भएका छन् ।

पंचायतको भन्दा चर्को कांग्रेसको विरोधमा हुर्केको कम्युनिष्ट आन्दोलन

विगतमा नेपालमा कम्युनिष्ट पार्टीका आफ्ना सिद्धान्त विरोधीलाई गद्धार भन्ने गालीगैह्र कम्युनिष्ट नेतृत्वहरुलाईगरेकै थिए तर आफ्नै पार्टी भित्र सुरुमा कम्युनिष्ट नेता केशरजंग रायमाझीलाई गरिएको थियो जुन पछि गएर मोहन बिक्रम र सिपी मैनालीका पार्टीहरुले पुष्पलाललाई त्यहि झटारो प्रयोग गरे । मोहनबिक्रम सिंहले लेखेको “गद्धार पुष्पलाल”पुस्तक लेख्न सहयोग गर्ने मनमोहन अधिकारी तत्कालिन मालेको स्थापनाको दौरानमा मालेको पूर्व कोशी कोअर्डिनेसन कमिटि निर्माण गर्नेमा उत्तिकै भुमिका थियो । मोहनबिक्रम सिंहको “गद्धार पुष्पलाल” समग्रमा पंचायतको भन्दा पनि विपि र कांग्रेस विरोधी दस्तावेज थियो जस्ले गर्दा पुष्पलालले गठन गर्नुभएको पार्टीको कांग्रेस विरोधी कार्यकर्ताहरुलाई नेकपा मसालमा आकर्षित गराउने एउटा अस्त्र बनेको ईतिहास पढ्न पाईन्छ ।पंचायतको विरुद्ध पुष्पलालको संयुक्त जनआन्दोलन जुन नेपाली कांग्रेसलाई सगै लैजानु पर्छ भन्ने तत्कालिन रणनीति थियो तर यस्को विरुद्धमा सवै कम्युनिष्ट हस्तिहरु (केशरजंग रायमाझी, मनमोहन अधिकारी, तुलसीलाल अमात्य,नारायणमान विजुक्क्षे,मोहन विक्रम सिंह, निर्मल लामा, सिपी मैनाली, मदन भण्डारी, झलनाथ खनाल,माधव कुमार नेपाल,केपी शर्मा ओली, पुष्पकमल दाहाल, वावुराम भट्टराई, मोहन बैद्ध) थिए र यी सवैको एउटै साझा आलोचना थियो पुष्पलाल कांग्रेसको पुच्छर भयोजुन कुरा वहाहरुको पुराना दस्तावेजहरुको अध्ययनबाट थाहा हुन्छ।

चिनको अध्यक्ष हाम्रो पनि अध्यक्ष भन्ने भारतको नक्सलवादी नेतालाई नेपालको नेता मान्ने सिपी मैनाली नेतृत्व गरेको मालेले जनमत संग्रह घोषणा पश्चात विद्धार्थी संगठन मार्फत पार्टीको संगठन विस्तार गर्न सक्षम भएको पाईन्छ । तत्कालिनमाले र मसालले बहुदल र निर्दल एकै ड्याङ्का मूला हुन भनि चुनाव बहिस्कारको नारा शसक्त उठाएको थियो तर अन्तिममा बहुदलको समर्थन गरेतापनिपंचायतलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भोटहाल्न सहयोग पुराएको साजिस सिद्धान्तले शंका उत्पन्न गरिदिएको थियो किनकी तत्कालिन नेकपा (माले) र नेकपा (मसाल) दुवैले बहुदलको प्रचारमा हिड्ने नेपाली कांग्रेस र अन्य कम्युनिष्ट पार्टीहरुनेता तथा कार्यकर्ताहरुलाई कालोमोसो र कुटपिट गरेको कारणबाट बहुदलवादी शक्तिसंग दूरी बढेकालेमतदानको दौरानमा खास गरेर कांग्रेस विरोधी भावनाले पहेलोमा भोट दिएको माले/मसालका कार्यकर्ताहरुले भन्ने गर्दथे  ।

पंचायतकालमा विपिले नेतृत्व गर्नुभएको कांग्रेसले अंगालेको बहुदल पुनस्थापनाको राजनैतिकपद्धति र सो प्राप्तिको लागि पुष्पलाल ल्याउनु भएको संयुक्त आन्दोलनको नीति दुवैको विरुद्धमा तत्कालिन नेकपा (माले) र नेकपा (मसाल/मशाल)ले विपीलाई भारतीय दलाल र पुष्पलाललाई कांग्रेसको पुच्छरको रुपमा प्रस्तुत गरि आफ्ना जनवर्गिय संगठनहरुलाईउतारेर पार्टीको संगठन विस्तार गर्नमा सहयोग पुराएको देखिन्छ ।

बहुदल पुनर्स्थापना पछि कम्युनिष्टहरुको ध्रुविकरण

जनमत संग्रह सम्पन्न पश्चातको पंचायति चुनावमा जनताको विचमा तत्कालिन मालेको राजनैतिक परिक्षण भएको थियो र फलस्वरुप पाँचजना जनपक्षिय उमेद्वारको हैसियतमा राष्ट्रिय पंचायतको सदस्यहरु निर्वाचित गराउन सक्षम भएको ईतिहास छ । कांग्रसे वामपन्थिको संयुक्त आन्दोलनमा पार्टीलाई समावेश गराएरविगतमा आफ्नो पार्टीबाट भएको राजनैतिक गलत अभ्यासलाई विस्तारै बहुदलिय प्रतिस्प्रधामा सिङ्गो पार्टीलाई ल्याउने श्रेय मदन भण्डारीलाई जान्छ । रेलिङ्ग भाच्ने र राम्राघरका शिशा फुटाउने कार्यकर्ताहरुलाई बहुदलिय जनवाद मार्फत ब्रिट्रिस मोडेलको संसदीय पद्धतिको रुपरेखा भित्र रुपान्तर गर्ने मदन भण्डारीको भूमिका नेपालको कम्युनिष्ट आन्दोलनमा सैद्धान्तिक परिवर्तनको सुरुवात हो ।

नेपालको कम्युनिष्ट पार्टीहरुको सैद्धान्तिक पक्ष मार्क्सवाद, लेनिववाद, माओवाद जे लेपन लगाएता पनि एउटै हो । दिवंगत नेता पुष्पलाल पनि मार्क्सवाद लेनिववाद माओवाद बाट निर्देशित हुनुका साथै होचिमिङ् वादी पनि हुनुहुन्थ्यो । पुष्पलालले नेपालको लोकतान्त्रिक आन्दोलनमा कम्युनिष्टहरु पनि जोडिनु पर्छ भनि संयुक्त जनआन्दोलनको नारालाई ससक्तरुपमा उठाउनु भएको कारण बहुदलिय व्यवस्थाको पुनर्स्थापना र राजतन्त्रको अन्त्य भएको मानिन्छ । यसैलाई आधारमानी मनमोहनअधिकारी र साहना प्रधानको नेतृत्वमा मार्क्सवादी पार्टीको पुनर्गठन गरिएको थियो ।

मनमोहन अधिकारीलाई संगठन विस्तारित हुनु भन्दा पनि आफू मरेपछि मलामी नहुने चिन्ता ज्यादै थियो किनकी वहाले नेतृत्व गर्नुभएको पार्टीमा नेताहरुको मात्र विगविगी तर कार्यकर्ताहरुको सून्यता थियो । वहाको मनोकामना पुरा गर्न रामसिंह रावलजी लगाएत कम्युनिष्ट एकता प्रेमी समूहले विशेष भुमिका खेलेको थियो जो तत्कालिन समयमा साहनाले नेतृत्व गर्नुभएको पार्टीसंग आवद्ध थियो । मनमोहन र साहना नेतृत्व दुई पार्टीहरुलाई एकिकरण गराएर नेकपा मार्क्सवादीको सिर्जना गराउने समूहलाई लत्याएर अन्तत्वागत्वा दुवैले तत्कालिन मालेसंग गरेको एकता पश्चात मनमोहन अधिकारीले पार्टी भित्र आफ्नो स्थान दरो बनाउनुका साथै आफ्नो सादगीपनले जनप्रिय बन्नुभयो र मलामी संख्या धेरै बनाउने वहाको रहर पुराभएको हामी बाचेकाले देखेकै छौ । एमालेबाट फुटेर मालेको अध्यक्ष हुनुभएकी साहनाको मृत्युमा आँसु चुहाउने संख्या औलामा गन्नेनै थिए किनकी दुखमा साथदिने पुराना आफ्ना कार्यकर्ताहरु पहिल्यै लत्याउनु भएको थियो । मनमोहन अधिकारी र साहना प्रधानको नवगठित एमालेमा आफ्नो मात्र अस्तित्व बचाउने औसरवादी चरित्रले मार्क्सवादीका कार्यकर्ताहरु एमाले भित्र दोश्रो दर्जाका नागरिक सरह थिए भने केही पछि माओवादी र कांग्रेसमा पसेको पाईन्छ । समग्रमा पुष्पलालले आफ्नो सक्षम उत्तराधिकारी तयार गर्न नसकेको स्पष्ट देखियो जस्का कारण बि.सं.२०२५ सालमा वहाबाट पुनर्गठन गरेको पार्टी लगभग विघटन हुन पुग्यो । यसको बाबजुदपनि असफल पुष्पलाल मृत्यु पश्चात सवैभन्दा फोटोमा पुजिने स्वर्गिय नेतामा पर्नु हुन्छ ।

माओवादी जनयुद्ध र कम्युनिष्ट आन्दोलनमा जातिवाद

संसदिय व्यवस्थाको विरुद्धमा माओवादीले सन्चालित हतियार सहितको जनसंघर्सले १८ हजार नेपालीहरु मारिएका थिए र अन्तत्वगत्वा संसदिय व्यवस्थामा प्रवेश गरि जनयुद्ध टुङ्गाएको थियो यसका वावजुद मधेसी, जनजाति, दलित तथा महिला जागरण आन्दोलनलाई ससक्त बनाएको पाईन्छ । फलस्वरुपसंविधान सभा मार्फत पछिल्लो प्रगतिशिल संविधान निर्माण भएको छ भलै यो विवादमुक्त हुन सकेन । तर माओवादी आन्दोलनले हतियार उठाउने नाममा व्यक्तिहत्यालाई प्रोत्साहन दिएका कारण समाजमा अपराधिकरणको बृद्धि हुन प्रोत्साहन गरेकोपाईन्छ ।सवैभन्दा महत्वपूर्ण पक्ष के भने माओवादी जनयुद्धले नेपालमा सदियौ देखि चल्दै आएको हिन्दु संस्कृतिको दवदवालाई रोक्दै विस्तारै ख्रिष्टियनकरणको जगलाई माथि उठाउन सहयोग पुराएको देखिन्छ । भारत र दरवारको प्रत्यक्ष वा अप्रत्यक्ष समर्थनमा माओवादीको जनयुद्ध सुरुभएको भन्ने गैह्र माओवादी पार्टीहरु र भारतीय पक्षबाट लगाएको आरोप माओवादी आन्दोलनसंग संबन्धित पक्षले सन्तोषजनक प्रतिरक्षा नगरिएकाले माओवादी जनयुद्ध शंकाको घेरामा हुनु स्वभाविक छ ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई जातिगतसंग जोड्ने प्रयास दुवै मदन भण्डारी र पुष्पकमल दाहालले नेतृत्व गरेको कम्युनिष्ट पार्टीहरुले गरेकै हुन किनकी पार्टी भित्र जातिय संघहरु खोलिएको थियो जुन पुष्पलालले सन् १९५१ सेप्टेम्बर २ मा कलकत्तामा आयोजित नेकपाको प्रथम सम्मेलनमा प्रस्तुत तथा पारित राजनैतिक प्रतिवेदनमा उल्लेख गरेको भन्दा फरक थियो । सो सम्मेलनलेजातीय आन्दोलनलाई मजदूर, किसान, विद्धार्थी, महिला आदि जनवर्गिय संगठनहरुमा आवद्ध गरि उनीहरुकैआर्थिक र राजनैतिक माँगहरुको हासिलको लागिसंघर्ष गर्नु हो भनेर पारित गरेको थियो । पुष्पलालले जातिबादको विरोध आफैबाट सुरु गरेको उदाहरण पाईन्छ जस्तो आफ्नो थर कहिल्यै उल्लेख नगर्ने नेपालका एक मात्र कम्युनिष्ट नेता हुनुहुन्थ्यो । तत्कालिन मालेलेसुधारिएको पंचायति व्यवस्थाले संचालन गरेको पहिलो चुनावमा काठमाण्डौमा पद्मरत्न तुलाधारको जातीय नारालाई प्रोत्साहन गरेको थियोतर मदन भण्डारीले बहुदलिय जनबाद मार्फत पार्टीको जातिबाद धारलाई पछि सच्चाएको पाईन्छ । त्यस्तै पुष्पकमल दाहालले नेतृत्व गरेको माओवादी पार्टीले जातिगत संघीय संरचना गर्न खोज्दा पहिलो संविधान सभा विघटन हुन गयो । डवल नेकपा गठनका साथ अध्यक्ष पुष्पकमल दाहालको जातिवाद नारामा परिवर्तन आएको देखिएता पनिवहाको सैद्धान्तिक अडान कहिल्यै स्थिर हुदैन ।

कम्युनिष्ट आन्दोलनमा विचलन

कोरनाको कहरबाट ग्रसित नेपाली जनतामाथि नेकपाको नेतृत्वहरु विचको भष्मासुर लडाईमा केही समय पुरै देश रुल्मलियो भलै क्षणिक मेलमिलाप भएको छ । बि.सं.२०४६ साल अगाडीको तत्कालिन माले र मसालको ईतिहास अध्ययन गर्दा दुवै पार्टीहरुको विचमा त्यति भिन्नता देखिएको थिएन किनकी दुवैजनमत संग्रह बहिष्कार गर्नै र बामपन्थी तथा देशभक्तको सरकारको पक्षपाति पनि थिए। पार्टी स्वतन्त्रताको विरुद्धमा राजनैतिक स्वतन्तत्रा हुनुपर्छ भनि पंचायतलाई भन्दा पनि नेपाली कांग्रेसलाई बढी प्रहार गर्दथ्ये । बि.सं. २०४५/४६ सालकोबहुदलिय व्यवस्थाको पुनर्स्थापना पछिको बनेको बि.सं. २०४७ सालको संविधानको विरुद्धमा नवगठित माओवादीबाट संचालित जनयुद्धले नेकपा एमालेको राजनैतिक धारलाई चुनौति दिएको थियो तर १० बर्षे जनयुद्धबाट शक्ति आर्जन गरी पहिलो संविधान सभाको चुनावमा पहिलो बनेको माओवादी पार्टी दोश्रो संविधान सभाको चुनावसम्म आईपुग्दा विभाजित भई बहुमत धार नया संविधान अनुसार भएको संघीय तथा प्रदेश चुनावमा साझा उमेद्वारहरु लिएर नेकपा एमालेसंग मोर्चा गरि दुई तिहाई उन्मुख सांसदहरुको विजयको साथ दुवै पार्टीहरु एकिकृत हुन गए तर पनि अप्राकृतिक जस्तो एकता देखिनाले हाल पार्टीको आन्तरिक सत्ता संघर्षकोविवाद चरम उत्कर्षमाछ।

युरोपमा लगभग ७० बर्षपछि कम्युनिष्ट सरकारहरु तासको महल भत्केझै ढले तर पनि त्यस दौरानमा भौतिक पूर्वाधारको साथै विज्ञान तथा प्रविधिको क्षेत्रमा गरेकोविकासले अमेरिका लगाएत पश्चिमा शक्तिलाई चुनौति दिएको थियो । नेपालका कम्युनिष्ट आन्दोलन विश्व कम्युनिष्ट आन्दोलनमा आएको गिरावाटबाट पाठ सिकेर अगाढी बढ्छन् र दुई तिहाई उन्मुख बर्तमान कम्युनिष्ट सरकारले नेपाली गरिव जनताको सामाजिक तथा आर्थिक विकासको लागि पूर्वाधार निर्माण गरि केही समयमा रुपान्तर गर्नेछ तर पार्टी भित्रको सत्ता संघर्षले जनचाहनामा तुषरापात भएको छ । विश्वमा एक दुई देशहरु मध्ये संसदीय व्यवस्थालाई प्रयोग गरि केन्द्रिय सत्ताको नेतृत्व गर्ने मौका नेपालमा नेकपाले पाएको छ तर नेतृत्वको आन्तरिक कलहले गर्दा जनताको जनमतहारिरहेको छ । अन्य सासाना समूहमा विभाजित कम्युनिष्ट पार्टीहरुको आफ्नो अस्तित्वको खोजीमा छन् । नेपाली कांग्रेस बाहेक ससक्त वैकल्पिक गैह्र कम्युनिष्ट पार्टीहरुको अस्तित्व संकटमा छ र जति असफल भएपनि प्रमुख प्रतिपक्षको सैद्धान्तिक स्खलनका कारण कम्युनिष्टहरुलाई अझ पनि परिस्थितिले साथ दिदै छ । सधै यो मौका नमिल्न सक्छ किनकी विश्वमा एक पटक केन्द्रिय सत्ताबाट बाहिरिएको कम्युनिष्टले नेतृत्व गरेको सरकार पुनर्स्थापना हुन हम्मे हम्मे भएको यथार्थलाई वर्तमान सरकार संचालनका नेतृत्वले नबुझेमा नेपालमा पनि युरोपका कम्युनिष्ट पार्टीहरुको सरकारको हालत जस्तै हुनेछ र साना ठूला जुनसुकै कम्युनिष्ट पार्टीहरुको भविष्य अन्तत विसर्जनको बाटोमा जानेछ ।

अन्त्यमा बि.सं.२०३६ सालको जनमत संग्रहको घोषणासंगै त्रिवि विश्वविद्धालय भित्र हुने स्वतन्त्र विद्धार्थी संगठनको चुनावमा नेपाली काग्रेस समर्थित नेपाल विद्धार्थी संघ र नेकपा माले/मसाल समर्थित अखिलको वर्चस्व कायम हुदै आएको छ । विद्धार्थी कल्याणको लागि उठाएको रकम निर्वाचित स्ववियूको नेतृत्वले आफ्ना मूल पार्टीको सहयोगको नाममा अपचलन गर्दथे किनकी त्रिविको कमजोर लेखा प्रणालीले विद्धार्थी कल्याण कोषकोपरिक्षणलाई नसमेट्दा निर्वाचित विद्धार्थी नेतृत्वहरुले आर्थिक हिनामिना गर्नसजिलो भएको थियो । नेपालको हाल संघीय, प्रदेश र स्थानिय निकायमा नेतृत्व गर्ने जमातहरु पनि बि.सं.२०३६ साल पछि त्रिवि विश्वविद्धालय भित्र गठन भएको स्ववियुको नेतृत्व कर्ताहरुको वर्चस्व पाउन सकिन्छ । वर्तमान अवस्थामा पनि सत्ताधारी र प्रतिपक्षका विद्धार्थी संगठनका क्याम्पसस्तरीय नेताहरु प्रत्यक्ष वा अप्रत्यक्षरुपमा क्याम्पस प्रशासनबाट चन्दा उठाएर शैक्षिक क्षेत्रलाई आफ्नो निन्त्रणमाराख्ने प्रयास गरिन्छ। प्रश्न उठिराखेको हुन्छयस्ता भविष्यका संभावित सांसदहरुबाट भविष्यमा कस्तो भ्रष्टचार विरोधी सरकारको कल्पना गर्न सकिन्छ । संघीय/प्रदेश र स्थानिय तहहरुमा भएको भ्रष्टचारको आधारभूत संरचनाको माध्यमयो पनि होएकिनका साथ भन्न सकिन्छ ।