Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा खोप आपूर्ति गर्न डब्लुएचओलाई ताकेता

काठमाडौं । नेपालमा तत्काल कोभिड(१९ विरुद्धको खोप आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठनलाई शनिबार ताकेता गरेको छ । राष्ट्रसंघीय आवसिय प्रतिनिधि सारा ब्योस्लो न्यान्तीले डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससलाई उक्त आग्रह गरेकी हुन् । ट्वीटमार्फत उनले नेपालको संक्रमणदर विश्वमै उच्च रहेको उल्लेख गर्दै तथ्यांकमा ध्यान दिन समेत डब्लुएचओ प्रमुखको ध्यानाकर्षण गराएकी छिन् । ‘नेपालमा तत्काल खोप पठाउनूस’ उनले लेखेकी छिन् । यसैसाता कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले न्यान्तीलाई टेलिफोन गर्दै खोप आपूर्तिका लागि पहल गर्न सुझाएका थिए । राष्ट्रसंघीय निकाय डब्लुएचओले कोभ्याक्स सुविधाअन्तर्गत प्रभावित मुलुकहरुमा खोप आपूर्ति गर्दै आएको छ । तर, भारत लगायतका खोप उत्पादक मुलुकमा खोप उत्पादन प्रभावित बनेपछि आपूर्ति हुन सकेको छैन । डब्लुएचओले पनि ठूला र धनी राष्ट्रले खोप जम्मा गर्दा गरिब मुलुकमा खोप आपूर्ति गर्न नसकिएको बताउँदै आएको छ ।


सम्बन्धित समाचार