Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नयाँ भेरियन्ट सक्रमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । ओमिक्रोन भेरियन्ट सङ्क्रमण भएको दुवैजनाले कोरोनाविरुद्धको खोप लगाएका थिए ।
नयाँ भेरियन्ट पुष्टि भएका देशहरू हुँदै ६६ वर्षीय विदेशी नागरिक मङ्सिर ३ गते नेपाल प्रवेश गर्दा गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो ।
तर, उनीसँगै सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई मङ्सिर ७ गते कोरोना सङ्क्रमणको लक्षण देखिएपछि परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको हो ।
मङ्सिर १९ गते आइतबार जिन सिक्वेन्सिङ गर्दा उनीहरूमा नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । यस्तै उनीहरूको सम्पर्कमा आएका ६६ जनामा कोरोना परीक्षण गरिएको छ । जसमा सबैको नतिजा नेगेटिभ रहेको स्वास्थ्य मन्त्रालयको भनाई छ ।
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल