Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयलका सहप्रवक्ता डाक्टर समिर अधिकारीले नेपालमा पहिलो पटक कोरोना संक्रमित व्यक्तिको मृत्युभएको विज्ञप्ती मार्फत पुष्टि गरेका हुन् । ति महिला सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिला हुन् । उनलाई सुत्केरी गराउन बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । बैशाख २४ गते नर्मल डेरीभरी पछि स्वास्थ्य अवस्था सामान्य भएकाले उनलाई अस्पतालले बैशाख २५ गते डिस्चार्ज गरेको थियो ।
डिस्चार्ज भएको ८ औं दिनमा बिहीबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय अस्पतालमा लगिएकोथियो । सोही क्रममा कोरोनाको लक्षणहरु देखिएपछि उनलाई आकस्मिक रुपमा बिहीबार धुलिखेल अस्पताल लगिएको थियो । सुत्केरीको मृत्युभएपछि धुलिखेल अस्पताललाई सील गरिएको छ । उनको उपचारमा संलग्न चिकित्सकलाई पनि आइसोलेसनमा राखेर कोरोना परीक्षण थालिएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल