Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा फेरि थपिए ७ जना संक्रमित

काठमाडौं । कोरोना संक्रमित थपिनेक्रम जारी रहेको बेला नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार उदयपुरको भुल्केका ३, कपिलवस्तुमा ३ र पर्साको छपकैयामा एक जनामा संक्रमण पुष्टि भएको हो ।
उदपयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्राले जनाएको छ ।


सम्बन्धित समाचार