Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा भबिस्य नदेखेपछि अस्ट्रेलिया पलायन भए विमल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर पनि अस्ट्रेलिया पलायन भएका छन् ।

सन् २०१२ देखि नेपाली राष्ट्रिय टिमका नियमित सदस्य बन्दै आएका विमल शुक्रबार अस्ट्रेलिया उडेका हुन् ।

सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध अन्तिम मिनेटमा गोल गरेपछि विमल चर्चामा आएका थिए । उनले यू–१४, यू–१७, यू–२० र यू–२३ गरी सबैखाले उमेरस्तरमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

विमललाई ललितपुर एफसीले मार्की खेलाडीको रूपमा अनुबन्धित गरेको थियो । तर, विमलले सम्झौता रद्द गर्दै विदेशीने निर्णय गरेपछि ललितपुरले अनन्त तामाङलाई मार्की खेलाडीको रूपमा अनुबन्ध गरेको हो । मछिन्द्र फुटबल क्लबबाट घरेलु लिग खेल्ने विमलले भारतको मोहन बगानबाट समेत खेलेका थिए ।

खेलाडी विदेशीने क्रम नरोकिँदा हालसम्म नेपाली टिमका तीन दर्जनभन्दा धेरै खेलाडी विदेशीएका छन् । जसमा सुनिल बल, विशाल राई, अभिषेक रिजाल, आशिष लामा, रवि पासवानजस्ता खेलाडीहरू छन्