Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा मौलिक नाटक कम चल्छ

ठण्ड बहादुर अधिकारी, नाट्कर्मी
नाट्य क्षेत्रमा पृथक पहिचान बनाउँन सफल ठण्डबहादुर अधिकारी अहिले नाटक निर्देशनको रुपमा परिचित छन् । दुई दशक बढिको रङ्गमञ्चको अनुभव संगालेका अधिकारीले दर्जनौ नाटक निर्देशन गरेका छन् । उनले भाउजुको दशा, एकान्त बाटो, दशै दशाको भाग्य मङ्गले खड्का, शिमाली खेती, ईन्द्रेणीको छायाँ, लाहुरेका आत्मकथा, सपनाकै देश नेपाल, बीरबहादुर गोर्खे, नाङ्गो बस्ती, मनुष्य चोला, परिश्रमको धन लगायतका छन् । रङ्गकर्मी अधिकारीले नाट्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल चलचित्र निर्देशक समाजले शनिबार राजधानीमा सम्मान गरेको छ । समाजव्दारा आयोजित ‘चलचित्र सर्जक सम्मान तथा अन्र्तक्रिया कार्यक्रम २०७६’ को अवसरमा नाट्यकर्मी अधिकारी सम्मानित भएका हुन् । नाट्यकलाको बारेमा रङ्गकर्मी अधिकारीसंग गरेको संक्षिप्त कुराकानी

० पछिल्लो समय केमा ब्यस्त हुनुहुन्छ ?
अहिले थिएटर धाएर नाटक हेर्न आउनु हुने दर्शकको संख्या दिनदिनै घट्दैछ । यही कुरामा बढी चिन्तित छु । र, कसरी दर्शकहरूलाई थिएटर प्रति आकर्षित गराउन सकिन्छ भन्ने कुराको खोजिमा छु । राम्रो कथामा एउटा नाटक मञ्चन गरौं भन्ने बिषयमा गृहकार्य भैरहेको छ ।

० थिएटरमा दर्शक घट्नुको कारण ?
अहिलेका दर्शक भनेको हलिउड, बलिउडमा रमाउँने दर्शक हुन्् । दर्शकहरूलाई थिएटरसम्म तान्न नसक्नु हाम्रो पनि कमजोरी होला । तर, पनि हाम्रो प्रयास जहिले पनि दर्शक रुचिको प्रस्तुति दिउँ भन्ने रहन्छ ।

० मौलिक नाटक कम बनेर होकी ?
राम्रो प्रश्न उठाउँनु भो । नेपालमा एकदम धेरै नाटकहरू बनिरहेका छन् तर मौलिक नाटक एकदमै कमले बनाएका छन् । यो कुरा म स्विकार्छु । किन कि रङ्गमञ्चको क्षेत्रलाई हेर्ने हो भने नेपालमा मौलिक नाटक कम चल्छ । नेपाली दर्शकमा नेपाली मौलिक नाटकको दाँजोमा विदेशी नाटकको प्रभाव बढी छ । दर्शकले पनि त्यही रुचाउँछन् ।

० नाट्य कलाकारहरू चलचित्र प्रति आकर्षित भएका हुन् ?
नाट्य क्षेत्रको दायरा साँघुरो छ । फिल्मको बृहत छ । त्यसैले जो कोही कलाकार फिल्मको पर्दामा देखिन इच्छुक हुनु स्वाभाविक हो । आर्थिक रुपले पनि फिल्मी क्षेत्र राम्रो छ । पछिल्लो समयमा धैरै नाट्य कलाकारहरू फिल्मको पर्दामा देखिएका छन् । र, प्रशंसा पनि पाईरहेका छन् ।

० रङ्गमञ्चमा समस्या भएर फिल्म तिर लागेका हुन् ?
समस्यै समस्याहरू छन् । हामी कहाँ नाटक हर्ने क्रेज धेरै कम छ । दर्शकले नाट्य थिएटर भन्दा फिल्म हलमा गएर चलचित्र हेर्न रुचाउँछन् । जसका कारण रङ्गमञ्चको समस्या बढ्नु हो ।

० यो समस्या हल गर्न के गर्नु पर्ला ?
दर्शकलाई लाभ्याउने कथा, पात्र, परिवेश, श्रोत र साधनको उचित ब्यवस्था गर्न सकियो भने दर्शक थिएटरमा आउँछन् । थोरै प्रबिधि र मेनपावर जुटाएर काम गर्नु पर्दा पनि राम्रो गर्न चाहेर पनि कतिपय टुत्री भइदिंदा ति कुराहरूले दर्शकहरूलाई नकारात्मक प्रभाव पर्ने गरेको छ । यस तर्फ पनि सचेत हुनु जरुरी छ ।

० भर्खरै सम्मानित हुनु भएको छ, कस्तो महसुश भैरहेको छ ?
सर्वप्रथम त नेपाल चलचित्र निर्देशक समाज परिवारलाई धन्यवाद दिन चाहन्छु । मलाई सम्झीएकोमा । यो सम्मानले नाट्य कला प्रति अझ प्रेरित गर्नुका साथै थप जिम्बेवारी थपिएको महशुस गरेको छु ।