Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा संक्रमित संख्या ४४४ पुग्यो

काठमाडौं । सरकारले परीक्षणको दायरालाई व्यापक बनाउन थालेसँगै संक्रमितको पहिचान हुनेक्रम बढेको छ । नेपालमा आज बिहान थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमित हुनेहरूको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज बिहान ६स्५० बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि थप १७ जनामा संक्रमण पुष्टि भएको हो।

झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका नमुनाहरूमा थप संक्रमण पुष्टि भएको बताइएको छ। थप संक्रमण पुष्टि भएकामा १५ जना झापाको कचनकवल गाउँपालिकाका पुरुषहरू रहेका छन् भने धनकुटाका एक जना पुरुषमा र धरानकी एक जना महिला छिन्। संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।


सम्बन्धित समाचार