Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालमा समिति मात्रै बनाउने कि भारतसँग दह्रो कुरा गर्ने ?

दार्चुला। हामी कमजोर हुनाका कारण दक्षिणको छिमेकीको हेपाह प्रवृत्ति यति बढ्यो कि मानवीय कुरालाई समेत छिमेकीले वास्ता गर्न छाड्यो । सरकारले दार्चुला घटनाको छानविन गर्न समिति गठन गरेको छ । गृहमन्त्रालयले जयसिंह धामी दार्चुलाको मालघाट र भारतको गस्कुबाट तुइनको प्रयोग गरी महाकाली नदी तर्ने क्रममा वेपत्ता भएको घटनाको छानविन गर्न समिति गठन गरेको हो । गृह मन्त्रालयका अनुसार गृहमन्त्रीस्तरको निर्णयबाट गृह मन्त्रालयका सहसचिव जर्नादन गौतमको अध्क्षतामा छानविन समिति गठन गरेको हो । समितिमा डिआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका एसएसपी सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक सिडिओ ज्योत्सना भट्ट छन् । महाकाली नदी तरेर सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै वेपत्ता भएका थिए । उक्त घटनामा भारतको सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएको विषय चर्चामा छ । प्रशासनले भने यसको अनुसन्धान भइरहेको जनाएको छ । छानविनका नाममा नानाथरि समिति मात्रै बनाएर अर्थ छैन यस घटनमा भारतीय प्रधानमन्त्ती र गृहमन्त्रीसँग सरकारले कुराकानी गरी यस्तो दुःखद घटनामा माफी माग्न लगाई अब आइन्दा यस्ता क्रूर घटना नहुने प्रतिबद्धता व्यक्त गराउनु पर्दछ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल