Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाललाई जनै खटिराले सताएपछि सहमति अलमलियो

काठमाडौं । एमालेभित्रको जुँगाको लडाइँ अध्यक्ष अ‍ोलीको अहंकार घटेसँगै समाधानको बाटोमा अघि बढेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीलाई एकतावद्ध गरेर लैजानेबारे आज हुने भनिएको सहमति टर्ने सम्भावना बढेको छ । वरिष्ठ नेता नेपाल जनै खटिरा आएर विरामी परेपछि सहमति हुने सम्भावना कम भएको हो । एमालेभित्र सहमति निर्माण गर्न बनेको कार्यदलको बैठक लगातार बस्दै आएको छ । आज विहानैबाट कार्यदलको बैठक बसिरहेको छ । तर, नेता नेपाल विरामी परेपछि आजै सहमतिमा हस्ताक्षर हुने सम्भावना कमजोर भएको हो । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जनै खटिराले नेता नेपालको स्वास्थ्यमा समस्या आएको बताए । नेपालले स्वास्थ्यका कारण भेटघाट पनि त्यति गरिरहेका छैनन् । २८ असारमा सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटन अगावै एमालेभित्र सहमतिको प्रयास भइरहेको छ ।


सम्बन्धित समाचार