Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले बुधबार नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया स्थगित गर्ने घोषणा गरेको छ । अमेरिकी विदेश विभागले नेपालसहित ७५ देशहरूको लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेपछि अमेरिका प्रवेश गर्ने कानुनी मार्गहरू थप प्रतिबन्धित हुने भएको छ ।
ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा बस्दा सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको भन्दै यस्तो कदम चालेको जनाएको छ । बीबीसीका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अमेरिकामा अवैध र कानुनी दुवै प्रकारका आप्रवासनलाई सीमित गर्न खोजेका छन् र उनको प्रशासनले ब्राजिल, इरान, रुस र सोमालियाका मानिसहरूको लागि आप्रवासी भिसा प्रक्रिया पहिले नै रोकिसकेको छ ।
आगामी जनवरी २१ देखि सुरु हुने यो स्थगन गैर–आप्रवासी भिसा पर्यटक वा व्यापारिक भिसा खोज्नेहरूका लागि भने लागू हुने छैन । जनवरीमा पदभार ग्रहण गरेदेखि नै ट्रम्पले व्यापक आप्रवासन कारबाही जारी राखेका छन्। उनको प्रशासनले आप्रवासन कार्यान्वयनलाई आक्रामक रूपमा प्राथमिकता दिएको छ ।
विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई प्रभावित देशहरूबाट आउने आप्रवासी भिसा आवेदनहरू रोक्न निर्देशन दिएको छ । अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ट्रम्प प्रशासनले अमेरिकी जनताको सम्पत्ति दोहन गर्नेहरूद्वारा भइरहेको अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग अन्त्य गर्दैछ ।
यी ७५ देशका आप्रवासी भिसा प्रक्रिया तबसम्म रोकिनेछ जबसम्म विदेश मन्त्रालयले विदेशी नागरिकहरूको प्रवेश रोक्न अध्यागमन प्रक्रियाको पुन मूल्याङ्कन गर्दैन । सबै अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूलाई पठाइएको सूचनामा गैर–आप्रवासी भिसा आवेदकहरूले पनि अमेरिकामा सार्वजनिक सुविधाहरू खोज्न सक्ने सम्भावना जाँच गर्न निर्देशन दिइएको छ ।
पत्रमा भनिएको छ, अमेरिकाभरि सार्वजनिक सुविधा कार्यक्रममा व्यापक ठगी भइरहेको खुलासा भएपछि ट्रम्प प्रशासन यस्ता कार्यक्रममा हुने ठगी रोक्न केन्द्रित छ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल