Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपालीले अमेरिका जान साढे २१ लाखसम्म धरौटी राख्नुपर्ने

अमेरिकाको विदेश मन्त्रालयले अमेरिका प्रवेश गर्नुअघि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपालसहित सातवटालाई थपेको छ ।

आगामी जनवरी २१ देखि नेपालीहरूले अमेरिकाको भिसा निवेदनसँगै ५ देखि १५ हजार डलर ९७ लाख २२ हजारदेखि २१ लाख ६६ हजार १९३ नेपाली रुपैयाँ० सम्म शुल्क तिर्नुपर्ने भएको हो । विदेश मन्त्रालयको वेबसाइटमा यसको उल्लेख गरिएको छ ।

विदेशी नागरिकको भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकारीले धरौटीको रकम तय गर्नेछन् । धरौटी भुक्तानी गर्नका लागि यात्रीहरूले निर्देशन पाएपछि मात्र फारम आई–३५२ भर्नुपर्नेछ र त्यसपछि पे डट् गोभमा अनलाइनमार्फत भुक्तानी गर्नुपर्नेछ ।

यो आवश्यकता पूरा गर्दैमा बी–१रबी–२ भिसा स्वीकृत भएको मानिने छैन र कन्सुलरको निर्देशनबिना जम्मा गरिएको रकम फिर्ता हुने छैन ।

यी शुल्कहरू अमेरिकाको विदेश मन्त्रालयको भिसा बोन्ड पाइलट प्रोग्रामका हिस्सा हुन् । यो ५ अगस्ट २०२६ सम्मका लागि लागू गरिएको अस्थायी पहल हो

भिसाको अवधिभन्दा बढी अमेरिकामा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उपायको रूपमा यसलाई ल्याइएको हो ।

आफ्नो भिसाको शर्त उल्लंघन नगर्ने बी–१रबी–२ यात्रीहरूले अमेरिकाबाट आफ्नो देश फर्केपछि सो रकम फिर्ता पाउनेछन् ।

धरौटी तिर्नेहरूका लागि अतिरिक्त यात्रा प्रतिबन्धहरू पनि लागू हुनेछन् ।

भिसा प्राप्त गरिसकेपछि यात्रीहरूले बोस्टन लोगान, जोन एफ केनेडी र वाशिङटन डलेस अन्तर्राष्ट्रिय विमानस्थलहरूबाट मात्र अमेरिका प्रवेश गर्न पाउनेछन्

अमेरिकाको विदेश मन्त्रालयको सूचना अनुसार, अन्य स्थानबाट आगमन भएमा प्रवेशमा रोक लगाइने वा प्रस्थानको रेकर्ड गलत तरिकाले राखिने हुन सक्छ

नेपाल सहितका देशका यात्रीहरूले धरौटी तिर्नुपर्ने कुराको पूर्वानुमान गर्नुपर्ने र आफ्नो भिसाका शर्तहरूबारे जानकारी राख्नुपर्ने आप्रवास वकिलहरू बताउँछन् ।

उनीहरूका अनुसार, आफ्नो आगमन र प्रस्थानको मितिमा ध्यान दिनुपर्छ। अमेरिका छोड्नका लागि अन्तिम दिनसम्म पर्खनुहुँदैन किनकि उडानमा हुने कुनै पनि ढिलाइ वा रद्दले बसाइ अवधि लम्बिन सक्छ । त्यसपछि तपाईंको धरौटी रकम जोखिममा पर्न सक्छ ।

नेपालसहित यी देशहरूले भिसाका लागि अतिरिक्त शुल्क अर्थात धरौटी तिर्नुपर्ने छ

अल्जेरिया, अंगोला, एन्टिगा एन्ड बार्बुडा, बंगलादेश, बेनिन, भुटान, बोत्स्वाना, बुरुन्डी, काबो भेर्दे, आइभरी कोस्ट, क्युबा, जिबुटी, डोमिनिका, फिजी, गाबोन, द गाम्बिया, गिनी, गिनी बिसाउ, किर्गिजस्तान, मलावी, मौरिटानिया, नामिबिया, नाइजेरिया, साओ टोम एन्ड प्रिन्सिपे, सेनेगल, ताजिकिस्तान, तान्जानिया, टोगो, टोंगा, तुर्कमेनिस्तान, टुभालु, युगान्डा, भानुआतु, भेनेजुएला, जाम्बिया र जिम्बाब्वे ।

भिसा धरौटीका शर्तहरू

धरौटी फारम डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको फारम आई–३५२ इमिग्रेशन्स बोन्ड र ट्राभल डट् स्टेट डट् गोभमा तोकिएका छन् ।

यस्तो परिस्थितिहरूमा धरौटी रद्द गरिनेछ र रकम स्वतः फिर्ता गरिनेछः

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भिसावाहकलाई अमेरिकामा बस्न अनुमति दिइएको अन्तिम मिति वा सोभन्दा अगाडि नै अमेरिकाबाट प्रस्थान गरेको रेकर्ड राखेमा, वा भिसावाहकले भिसाको म्याद समाप्त हुनुभन्दा अगाडि अमेरिकाको यात्रा नगरेमा, वा भिसावाहकले अमेरिकाको प्रवेश विन्दुमा प्रवेशका लागि आवेदन दिँदा प्रवेश अस्वीकार गरिएमा ।

भिसावाहकले भिसा धरौटीका शर्तहरू उल्लंघन गरेको हुन सक्ने मुद्दाहरूलाई डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले यूएस सिटिजनशिप एन्ड इमिग्रेसन सर्भिसेजमा पठाउनेछ ।

शर्तहरूको उल्लंघन भएको हो वा होइन भन्ने कुरा निर्धारण गर्नका लागि यसो गरिन्छ । यसमा निम्न परिस्थितिहरू समावेश छन् तर यी मात्र पर्याप्त भने होइनन्

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीको रेकर्डले भिसावाहकले अमेरिकामा बस्न अनुमति दिइएको मिति समाप्त भएपछि मात्र अमेरिका छोडेको देखाएमा ।

भिसावाहक अनुमति दिइएको अवधिभन्दा बढी समय अमेरिकामै बसेमा र देश नछोडेमा । भिसावाहकले शरण दाबी गर्ने लगायतका अन्य गैर–आप्रवासी स्थिति परिवर्तन गर्न निवेदन दिएमा ।

 


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल